इजरायल–हमास युद्ध प्रारम्भ भएदेखि गाजामा झण्डै ६६ प्रतिशत रोजगारी गुम्यो

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– इजरायल–हमास युद्ध प्रारम्भ भएदेखि गाजामा झण्डै ६६ प्रतिशत मानिसले रोजगारी गुमाएका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र प्यालेस्टिनी तथ्याङ्क कार्यालयका नयाँ तथ्याङ्कका अनुसार अक्टोबर ७ मा इजरायल र हमासबीचको युद्ध प्रारम्भ भएदेखि गाजा पट्टीमा झण्डै ६६ प्रतिशत मानिसले रोजगारी गुमाएका छन् ।

प्यालेस्टिनीहरूले गाजा पट्टीमा आफ्नो रोजगारी दुई तिहाइले घटेको देखेका आईएलओ र प्यालेस्टिनी केन्द्रीय तथ्याङ्क ब्यूरो (पीसीबीएस) जानकारी गराएको हो । गाजाको रोजगारी बजारमा भएको विनाशकारी हानिले द्वन्द्वअघि नै नाकाबन्दीमा परेको इलाकामा विद्यमान डरलाग्दो अवस्थालाई बढाउने विज्ञहरुले बताएका छन् ।
गाजाका प्यालेस्टाइनीहरूले लामो समयदेखि गरिबी, जोखिम र विश्वको सबैभन्दा उच्च बेरोजगारी दरको निरन्तर उच्च दरको सामना गरिरहेको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।