आज राष्ट्रिय सभा सदस्य निर्वाचनको उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज पुस २३ गते सोमवार उम्मेदवारी दर्ता गरिँदैछ । निर्वाचन आयोगले प्रकाशन गरेको निर्वाचन कार्यक्रम अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सात वटै प्रदेशको राजधानीमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरिने छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उम्मेदवारी दर्ताको सबै तयारी पूरा भएको तथा निर्वाचन अधिकृतको कार्यालयमा तोकिएको समयभित्र मनोनयन दर्ता हुनेछ ।
मतदाताको अन्तिम नामावली प्रकाशन भइसकेको, उम्मेदवारको योग्यता तथा अयोग्यताका विषयमा स्पष्ट निर्देशन दिइसकेको तथा कालोसूचीका व्यक्तिको नामावली निर्वाचन अधिकृतको कार्यालयमा पठाएको उनको भनाइ छ । राष्ट्रिय सभामा रिक्त हुन लागेका २० मध्ये १९ सदस्यका लागि माघ ११ गते मतदान हुनेछ । त्यसका लागि आज उम्मेदवारी दर्ता हुनेछ भने भोलि मंगलवार उम्मेदवारको विरोधमा उजुरी दिने, बुधवार र बिहीवार मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने तथा शुक्रवार उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम छ ।
यसैबीच, निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदान गर्ने मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । सात वटै प्रदेशस्थित निर्वाचन अधिकृतको कार्यालयले मतदाताको अन्तिम नामावली प्रकाशन गरेको हो । प्रकाशित नामावली अनुसार सात वटै प्रदेशमा प्रदेश सभा सदस्यतर्फ कुल ५४९ र स्थानीय तहतर्फ एक हजार ४९८ मतदाता छन् । एक जना प्रदेश सभा सदस्य र स्थानीय तहका एक–एक जना अध्यक्ष, उपाध्यक्ष र उपप्रमुखको निधन भएकाले मतदाता नामावलीबाट नाम यसअघि नै हटाइएको थियो ।
त्यसै गरी गाउँपालिकाका एक अध्यक्ष र नगरपालिकाका चार प्रमुख निलम्बनमा पर्दा मतदाता नामावलीबाट नाम हटाइएको छ । मतदाता नामावलीबाट प्रदेश सभा सदस्य र पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष गरी नौ जनाको नाम हटाइएको छ । मतदान गर्न अयोग्य रहेकामा पाँच जना मधेश प्रदेशका छन् । चार जना सप्तरीका र एक जना रौतहटको फतुवा विजयपुर नगरपालिकाका प्रमुख छन् ।
आयोगका अनुसार प्रदेश सभातर्फको कुल मतभार २९ हजार ९७ र पालिकातर्फको कुल मतभार २८ हजार ४६२ कायम भएका छन् । यसरी राष्ट्रिय सभा सदस्यका लागि सात वटै प्रदेशबाट प्रदेश सभा सदस्य र पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको गरेर ५७ हजार ५५९ मतभार कायम भएका छन् । राष्ट्रिय जनगणना २०७८ को परिणामबमोजिम प्रदेश सभा सदस्यको मतभार ५३ र पालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखको मतभार १९ कायम गरिएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...