सन्दीप लामिछानेमाथि आज कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण हुँदै

काठमाडौं– बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली राट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेमाथि आज सजाय निर्धारण हुने भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालको इजलासले आज लामिछानेमाथि कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको हो । तीन वर्ष वा सोभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै पेसी तोकेर दुबै पक्षको बहस सुनेर सजाय निर्धारण गर्ने व्यवस्था छ ।
पीडित गौशाला–२६ ले २०७९ भदौ २१ गते सन्दीपविरुद्ध गौशाला प्रहरी कार्यालयमा दिएको उजुरीमा यही पुस १३ गते न्यायाधीश ढकालको एकल इजालसले सन्दीपलाई दोषी ठहर गरेको थियो । इजलासले काठमाडौंदेखि नगरकोट गई फेरि काठमाडौं फर्किएर गौशालास्थित ‘काठमाडौँ होटल इन’मा एकै कोठामा बसेको र करणी भएको देखिएको अदालतको फैसलामा उल्लेख छ । अदालतले पीडित भनिएकी गौशला– २६ लाई नाबालिग नरहेको ठहर गरे पनि निजको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएको फैसलामा उल्लेख गरिएको छ ।
अदालतले लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १, २ र ३ (ङ) बमोजिम कसुर गरेको जनाएको छ । स्तै, उपदफा ३ (ङ) मा १८ वर्ष वा सोभन्दा बढी उमेरकी महिला भए ७ देखि १० वर्षसम्म कैद सजाय हुन सक्ने उल्लेख छ । यस्तोमा सन्दीपलाई कम्तिमा ७ र बढिमा १० वर्ष जेल सजाय तोकिने छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...