सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान तथा क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ८ वर्षको कैद सजाय तोकेको छ । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको हो । न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेबाट पाँच लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनु पर्ने आदेश पनि गरेको छ ।

यद्यपि, सन्दीपको तर्फबाट वहस गर्ने अधिवक्ता सरोज कृष्ण घिमिरेले सन्दीप अब न्यायका लागि उच्च अदालत जाने प्रतिक्रिया दिएका छन् । लामिछाने कुनै पनि आधार, कारण र प्रमाणहरूले दोषी नदेखिएको भन्दै न्यायका लागि उच्च अदालत जाने लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता घिमिरेको भनाइ छ ।