अयोध्यामा रामको प्राण-प्रतिष्ठा : जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन
जनकपुरधाम- भारतको अयोध्यामा भगवान रामको प्राणप्रतिष्ठा गरिएको खुसीयालीमा जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिएको छ । जानकी मन्दिर व्यवस्थापन पक्ष र हिन्दूवादी संगठनले सोमबार साँझ सवा लाख दीप बालेर दीपोत्सव मनाएको हो । त्यसलगायत जनकपुरधाम तथा ग्रामीण क्षेत्रको घरघरमा दीप तथा झिलिमिली बत्ती बालेर दीपावली मनाएको छ ।
हिन्दु धर्मावलम्बीहरूले जनकपुरधामलगायत मधेश प्रदेशको सबैजसो जिल्लाका विभिन्न ठाउँमा प्राण-प्रतिष्ठाको अवसर पारेर मठमन्दिरमा दीपोत्सव मनाउनुका साथै आकर्षक ढङ्गले सजाइएको छ । ठाउँ-ठाउँमा जय श्रीरामको झन्डालगायत शोभायात्रा कारण गाउँटोल सुन्दर तथा मनमोहक देखिएका छन् । मठमन्दिरमा रामधुन, अष्टयाम, भजनकीर्तनसमेतको आयोजना गरिएको छ ।
भगवान राम पाँचसय वर्षपछि आफ्नो घरमा स्थापित भएको खुसीयालीमा सनातन धर्मावलम्बी धेरै नै हर्षित देखिएको छ । आयोध्या र नेपालबीच धार्मिक तथा साँस्कृतिकसँगै पारिवारिक सम्बन्ध भएकाले भगवान रामको प्राणप्रतिष्ठाको अवसरमा दिप प्रज्जवलन गरी स्वागत गरिएको छ ।
लामो प्रतिक्षापछि अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राणप्रतिष्ठा भएको खुसीयालीमो जनकपुरधाम उपमहानगरपालिका, क्षीरेश्वरनाथ, सहिदनगर, औरहीलगायत मधेश प्रदेशका दुई दर्जनभन्दा बढी स्थानीय तहले सोमबारका लागि सार्वजनिक बिदा दिएको थियो ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...