अयोध्यामा रामको प्राण-प्रतिष्ठा : जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन

जनकपुरधाम- भारतको अयोध्यामा भगवान रामको प्राणप्रतिष्ठा गरिएको खुसीयालीमा जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिएको छ । जानकी मन्दिर व्यवस्थापन पक्ष र हिन्दूवादी संगठनले सोमबार साँझ सवा लाख दीप बालेर दीपोत्सव मनाएको हो । त्यसलगायत जनकपुरधाम तथा ग्रामीण क्षेत्रको घरघरमा दीप तथा झिलिमिली बत्ती बालेर दीपावली मनाएको छ ।
हिन्दु धर्मावलम्बीहरूले जनकपुरधामलगायत मधेश प्रदेशको सबैजसो जिल्लाका विभिन्न ठाउँमा प्राण-प्रतिष्ठाको अवसर पारेर मठमन्दिरमा दीपोत्सव मनाउनुका साथै आकर्षक ढङ्गले सजाइएको छ । ठाउँ-ठाउँमा जय श्रीरामको झन्डालगायत शोभायात्रा कारण गाउँटोल सुन्दर तथा मनमोहक देखिएका छन् । मठमन्दिरमा रामधुन, अष्टयाम, भजनकीर्तनसमेतको आयोजना गरिएको छ ।
भगवान राम पाँचसय वर्षपछि आफ्नो घरमा स्थापित भएको खुसीयालीमा सनातन धर्मावलम्बी धेरै नै हर्षित देखिएको छ । आयोध्या र नेपालबीच धार्मिक तथा साँस्कृतिकसँगै पारिवारिक सम्बन्ध भएकाले भगवान रामको प्राणप्रतिष्ठाको अवसरमा दिप प्रज्जवलन गरी स्वागत गरिएको छ ।
लामो प्रतिक्षापछि अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राणप्रतिष्ठा भएको खुसीयालीमो जनकपुरधाम उपमहानगरपालिका, क्षीरेश्वरनाथ, सहिदनगर, औरहीलगायत मधेश प्रदेशका दुई दर्जनभन्दा बढी स्थानीय तहले सोमबारका लागि सार्वजनिक बिदा दिएको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...