राष्ट्रिय सभामा विजयीहरु (सूची सहित)
काठमाडौं– संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभा सदस्यका १९ सीटका लागि बिहीबार भएको निर्वाचनमा सत्ता गठबन्धनका १८ र विपक्षी एमालेका एक जना निर्वाचित भएका छन् । रिक्त भएका पदको निर्वाचनका लागि संवैधानिक व्यवस्थाअनुसार महिला, अपांग वा अल्पसंख्यक र अन्य गरि तीन ‘क्लस्टर’सँग सम्बन्धितलाई दलहरुले उम्मेदवार बनाएका थिए ।
निर्वाचनमा आठ वटा दलबाट ५१ जनाले उम्मेदवारी दर्ता गराएका थिए । एक जना सदस्य राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन् । सदस्यको पदावधि तालिकाअनुसार हरेक दुई–दुई वर्षमा राष्ट्रिय सभाको एक तिहाइ सदस्य रिक्त हुने गरेको छ । बिहीवारको निर्वाचनबाट राष्ट्रिय सभा सदस्य बनेकाहरु यी हुन्:
कोशी
१. रुक्मिणी कोइराला,एमाले,महिला
२. कृष्ण सिटौला,कांग्रेस,अन्य
मधेश
पूजा चौधरी, जसपा, महिला
आनन्द ढुंगाना,कांग्रेस,अन्य
वाग्मती
विष्णुदेवी पुडासैनी,कांग्रेस,महिला
घनश्याम रिजाल,एकीकृत समाजवादी,दलित
जीतजंग बस्नेत,कांग्रेस,अन्य
श्रीकृष्ण अधिकारी,माओवादी, अपांगता
गण्डकी
मनरुपा शर्मा,माओवादी,महिला
किरणबाबु श्रेष्ठ,कांग्रेस,अन्य
पदमबहादुर परियार,कांग्रेस,अपांगता
लुम्बिनी
विष्णुकुमारी सापकोटा,कांग्रेस,महिला
झक्कुप्रसाद सुवेदी,माओवादी,अन्य
कर्णाली
सावित्री मल्ल,एकीकृत समाजवादी,महिला
कृष्णबहादुर रोकाया,कांग्रेस,अन्य
विष्णु विक,माओवादी,दलित
सुदूरपश्चिम
रेनु चन्द, माओवादी, महिला
नारायणदत्त भट्ट,कांग्रेस,अपांगता
बलदेव बोहरा,कांग्रेस,अन्य
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...