मानब सेवा आश्रमको सहोगार्थ “आमा” कार्यक्रम हुँदै 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, माघ १८, २०८०
बिभिन्न पेशा ब्यबसायमा रहेका गोर्खालीहरु को सांझा संस्था गोरखा समाज अष्ट्रेलियाको बिगतमा जस्तै  प्रबासमा रहेर पनि मातृभुमि तथा जन्मेको माटोलाई केहि सेवा सहयोग प्रदान गर्ने उद्धेश्यले अष्ट्रेलियाका बिभिन्न शहरमा मानबियताको लागि मानब सेवा आश्रमको सहोगार्थ “आमा” गाला डिनर र सेमिनरको एक बृहद कार्यक्रम आयोजना हुदैछ । सन २०१५ मा स्थापित उक्त सँस्थाले हाल सम्म बिभिन्न महत्वपूर्ण सामाजिक कार्यहरू सफल सम्पन्न गर्दै आएको छ ।
२०८२ साल भित्र नेपाललाई सहयोगापेक्षी सडक मानब मुक्त नेपालको घोषणा गरि बिश्वलाई नै मानबियताको देश भनि परिचित गराउने  परिकल्पना सहित महाअभियानमा अघि बढि रहेको मानब सेवा आश्रमा हाल देश भरका सातवटै प्रदेशको २४ सेवा केन्द्रबाट सेवा सञ्चालन भैरहेको छ । यसैको सहयोगार्थ उक्त कार्यक्रम आयोजना गरिएको सँस्थाको महासचिब इश्वर दाहालले द नेपाली टाईम्स अष्ट्रेलियालाई बताए। जहाँ बिभिन्न उमेर समुहका सबै जात तथा लिङ्गका सहयोगापेक्षी आश्रीत रहेका छन् । जुन अन्य सामाजिक सेवा मुखी सँस्थाहरूले प्रदान गर्ने सेवा भन्दा पृथक र भाबुक छ ।
दुइ छाक खाना, एक सरो नाना, छाना मुनीको बास तथा स्वास्थ्य र शिक्षा खास भन्ने मुल मन्त्रका साथ सेवामा समाहित यस अभियान अलि फरक र समाबेसी भएकै कारण जसमा राष्ट्रका बिभिन्न क्षेत्रका बिशेष ब्यक्तित्वहरू जोडिएका छन् भने मह जोडी संस्थाको सद्भाबना दुतको रुपमा रहेका छन् । यस सँस्थाको अभिभाबकिय भूमिकामा नेपथ्य ब्याण्डका अमृत गुरूङ् जसले मानबियाताको लागि देशभर नेपथ्य म्युजिकल यात्रा गरेर सहयोग गर्नु भएको थियो । त्यस्तै मनोज गजुरेल हाँस्य क्षेत्रबाट र आनी छोइङ डोल्माले मेची महाकाली उद्धार अभियानमा सहयात्रा सहयोग गर्नु भएको थियो ।
सँस्थाको देशब्यापी अभियान लगभग पुर्णताको अन्तिम चरणमा रहेकोले यसलाई बिश्वभर छरिएर रहेका नेपाली सामु यस मानबताको संदेश छर्न यस कार्यक्रममा सहभागी हुन प्रमुख आकर्षणको  रूपमा सँस्थाको परिकल्पनाकार,केन्द्रिय अध्यक्ष तथा उत्प्रेरणात्मक प्रस्तोता रामजी अधिकारीको अष्ट्रेलिया आउदै छन्  ।
सिड्नीमा कार्यक्रम दुइ भिन्न रुपमा गरिदैछ जस अनुसार फेब्रोवारी १६ का सांझ रक्डेल स्थित इन्द्रेणी फंक्सन सेन्टरमा सुशुल्क गाला डिनर र १७ फेब्रोवारीका दिन १ बजे देखि ५ बजे सम्म निशुल्क प्रवेश सहित  एसफिल्ड स्थित टाउन हल सिभिक सेन्टर ( 260 Liverpool Road ) मा हुदैछ।  कार्यक्रमलाई आ-आफ्नो ठाँउबाट सक्दो सहयोग गरि मानबियताको उत्कट नमुना प्रस्तुत गर्न सँस्थाको अध्यक्ष आनन्द श्रेष्ठले अष्ट्रेलियाबासी नेपाली र अन्य समुदायलाई अपिल गरेका छन ।