साइकल यात्रुलाई मानसरोवर दर्शन गराइने
नेपालगन्ज- नेपालगन्ज साइक्लिङ क्लबले आयोजना गर्न लागेको नेपालगन्ज साइकल उत्सव टूर दि ठाकुरद्वाराको अवसरमा सहभागी हुन आउने विदेशी साइकल यात्रुलाई कैलाश मानसरोवरको दूरदर्शन गराउने योजना बनाइएको छ । नेपालगन्ज साइकल उत्सवका इभेन्ट डाइरेक्टर सतिश निरौलाले नेपालगन्ज साइकल उत्सवका विदेशी र स्वदेशी सहभागीलाई विशेष अफरसहित माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवरको दूरदर्शन गराउने बताए ।
उनले खेलकुदलाई पर्यटन विकाससँग जोड्दै पर्यटनको विकासका लागि प्रचार प्रसार गर्ने उद्देश्यले नेपालगन्ज साइकल उत्सव अन्तर्गत सहभागी हुनेहरुलाई २८ माघमा माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवरको दूरदर्शन गराउन सिद्धार्थ ग्रुपसँग सहकार्य गरिएको बताए । भारतबाट उल्लेख्य संख्यामा साइकलयात्री आउने निश्चित भएकाले कैलाश मानसरोवर दर्शनको प्रचार प्रसारका लागि यस खालको योजना बनाइएको डाइरेक्टर निरौलाले बताए । साइकल उत्सवमा सहभागी हुन आउने भारतीय साइकल यात्रुलाई हवाइजहाजबाट कैलाश मानसरोवरको दूरदर्शन गराउने योजना निकै सराहनीय रहेको जनाउँदै नेपालगन्ज पर्यटन प्रवद्र्धन मन्चका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले यसबाट भारतीय पर्यटक आकर्षित गर्न सहयोग पुग्ने बताए । उनले नेपालगन्जलगायत पश्चिम नेपालका पर्यटन व्यवसायीको लामो प्रयासपछि नेपालगन्जबाट कैलाश मानसरोवरको दूरदर्शनका लागि माउन्टेन फ्लाइट सुरु गरिएकोमा खुसी व्यक्त गर्दै यसले नेपालगन्जको आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल ट्राभल्स एण्ड टुर एसोशियसन (नाटा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नेपालगन्जबाट कैलाश मानसरोवर दर्शनको उडान सफल भएकाले यस क्षेत्रको पर्यटनसँगै यहाँको आर्थिक गतिविधिमा महत्वपूर्ण उपलब्धि प्राप्त हुने बताए । श्रीएअरले गरेको परीक्षण उडान सफल भएपछि अहिले मानसरोवर दर्शनका लागि बुकिङ्ग खुला गरिएको जानकारी श्री एअरलाइन्सले गराएको नाटा बाँकेले जनाएको छ । अब भारतका विभिन्न भागबाट ठुलो संख्यामा धार्मिक पर्यटक नेपालगन्ज आउने र केही दिन यहाँ बसेर माउन्टेन उडानमार्फत कैलाश मानसरोवरको दर्शन गर्ने हुँदा स्थानीय होटल व्यवसायीहरु उत्साहित भएका छन् ।
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
अष्ट्रेलियामा रहेका भलिबल प्रेमीहरु बीच मित्रबत खेल, भेटघाट र भाइचारा स्थापना गर्ने...
क्यानबेरा– अष्ट्रेलियाको राजधानी क्यानबेरामा अहिलेसम्म कै सम्भवत ठूलो धनराशीको पुरस्कार भएको नेपाली...
काठमाडौं– एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
अष्ट्रेलियामा रहेका भलिबल प्रेमीहरु बीच मित्रबत खेल, भेटघाट र भाइचारा स्थापना गर्ने...
क्यानबेरा– अष्ट्रेलियाको राजधानी क्यानबेरामा अहिलेसम्म कै सम्भवत ठूलो धनराशीको पुरस्कार भएको नेपाली...
काठमाडौं– एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा...