क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जीत
काठमाडौं– क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सीरीजअन्तर्गत पहिलो खेलमा नेपाल सात रनले विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीवार जीतका लागि दुई सय २५ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा सबै विकेटको गुमाएर दुई सय १७ रनमा समेटिएको थियो ।
क्यानडाका लागि निकोलस किर्तनले ६८ रनको अर्धसतकीय इनिङ खेले । यस्तै परगत सिंहले ५०, हर्ष थाकेरले ३२ र ओपनर आरोन जन्सनले २० रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्ककमा रन जोड्न सकेनन् । क्यानडालाई हराउन कसिलो बलिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले चार विकेट लिए । ललित राजवंशीले दुई विकेट लिए । सोमपाल कामी, रिजन ढकाल, कुशल मल्ल र पवर्न सर्राफले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा दुई सय २४ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तलले ६२ रनको अर्धशतकीय इनिङ खेले । उनले ५८ बलमा नौ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाएका हुन् । यस्तै आरिफ सेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७, पवन सर्राफले १५ र सूर्य तामाङले १० रन बनाए । यस खेलमा सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका थिए ।
बलिङमा क्यानडाका उदय भगवानले तीन विकेट लिए । साद विन जफर र इश्र्वारजोत सोहीले दुई–दुई तथा साहित अमदजाई र हर्स थाकेरले एक–एक विकेट लिए । नेपाल र क्यानडाबीचको दोस्रो खेल फेब्रुअरी १० र अन्तिम खेल १२ तारिख हुनेछ ।
आजको खेलमा क्यानडाविरुद्ध नेपाल–११
रोहितकुमार पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, ललितनारायण राजवंशी, कुशल मल्ल, भीम सार्की, आरिफ सेख, पवन सर्राफ, सोमपाल कामी, सूर्य तामाङ र रिजन ढकाल ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...