आजदेखि ई–भिसा लागू

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं- आज शुक्रबारदेखि ई–भिसा लागू भएको छ । शुक्रबारदेखि ई–भिसा लागू गरेको अध्यागमन विभागले जनाएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई–भिसा प्रिन्ट गरेर सेवाको सुरुआत गरेका हुन् । यो सेवा सुरु गरेसँगै नेपाल आएका पर्यटकले ई–भिसा देखाएपछि एयरपोर्टमा नै भिसा पाउने छन् ।

ई–भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको औपचारिक सुरुवात भएको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी बताए । बढीभन्दा बढी पर्यटक भित्र्याउन र उनीहरूलाई सहजता प्रदान गर्न ई–भिसा लागू भएको हो । अब नेपाल आउन चाहने पर्यटकलाई भिसाका लागि दूतावास जानु पर्दैन भने विमानस्थलमा लाइन पनि बस्न पर्दैन । ई–भिसा देखाएपछि पर्यटकले एयरपोर्टमा नै भिसा पाउने छन् । भिसाका लागि जहाँबाट पनि आफैँ आवेदन दिन सकिने छ । विभागले केही समय परीक्षण गरेर मात्रै आजदेखि लागू गरेको हो ।