नेपालद्वारा क्यानडाविरुद्धको एकदिवसीय सिरिज क्लीन स्वीप

काठमाडौँ- नेपालले क्यानडाविरुद्धको एकदिवसीय सिरिज क्लीन स्वीप गरेको छ । सोमबार टियु मैदानमा सम्पन्न खेलमा नेपालले क्यानडालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज क्लीनस्वीप गरेको हो ।
क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालले ४४.३ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । योसँगै नेपालले सिरिज ३-० ले जितेको छ ।
नेपालका लागि अनिल शाह र भीम सार्की शतकीय पारी खेलेका थिए । अनिलले अविजित ११२ र भीमले अविजित १०१ रन बनाएका थिए । अनिल र भीमले दोस्रो विकेटका लागि १८९ रनको साझेदारी गरेका थिए । यो साझेदारी नेपालको एकदिवसीय इतिहासमा कुनै पनि विकेटका लागि अहिलेसम्मको ठुलो साझेदारी हो । यस अघि कुशल भुर्तेल र आसिफ सेखले जिम्बाबेविरुद्ध पहिलो विकेटका लागि १७१ रनको साझेदारी गरेका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको थियो । क्यानडाका लागि नवनीत धलिवालले सर्बाधिक ५० रन बनाएका थिए भने निखिल दत्ताले ४५ रन बनाए । त्यसैगरी हर्ष ठकेरले २९, श्रेयस मोभ्भाले २५, श्रीमान्थ विजेयेरात्नेले २२ तथा साद बिन जफारले अविजित ३१ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर हेमन्त धामीले आफ्नो डेभ्यु खेलमा ३ विकेट लिएका थिए । त्यस्तै कुशल मल्लले २ तथा ललित राजबंशी र आकाश चन्दले एक एक विकेट लिएका थिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...