बहुसाँस्कृतिक भबन निर्माणका लागि सिड्निमा तदर्थ समिति गठन

अष्ट्रेलिया, सिड्नीमा | नेपालीहरु को ठुलो बसोबास रहेको अष्ट्रेलियाको सिड्नीमा नेपाली समुदायको स्वामित्वमा रहने गरि एक बहुआयमिक बहुसाँस्कृतिक भबन (Multicultural Centre) बनोस भन्ने धेरै भन्दा धेरै नेपालीहरु को चाहानालाई गति दिदै हालै बसेको नेपाली समुदायका प्रतिनिधिहरु को भेलाले एक समिति गठन गरेको छ ।
भेलाले हाललाई तदर्थ समितिको रुपमा रहने गरि बिष्णु हमालको संयोजकत्वमा ३१ सदस्सिय तदर्थ समिति गठन गरेको हो जसमा सचिबको जिम्मेवारी शिब बन्जारालाई दिइएको छ भने समितिका अन्य सदस्यहरुमा अनिल पोखरेल, राजु मानन्धर, प्रकाश ढोडारि, लक्ष्मण श्रेष्ठ, देब गुरुङ, मधु पुडासैनी, उमेश पन्त, लक्ष्मी श्रेष्ठ, प्रकाश पौडेल, बिश्वास भट्टराई, महेन्द्र कुमार लम्साल, अनिल कुमार गुप्ता, ए के शेर्पा, बिनोद कुँवर, रंजित शाह, सुदर्शन थापा मगर, मिना शर्मा, प्रिती शर्मा, दिनेश पोख्रेल, उषा बरिया, सुदिप ढकाल, प्रेम सापकोटा, सुर्य खनाल, बिजय पौडेल, चिज कुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ, स्वीकृति भट्ट, लक्ष्मी जोशी र मुक्ति रोक्का हुनुहुन्छ।
आधिकारिक तथ्यांक नभए पनि अष्ट्रेलियामा स्थाई तथा अस्थाई रूपमा अनुमानित सँख्या १ लाख ९० हजार नेपालीहरु को बसोबास रहेको अनुमान गरिन्छ जसमा जस मध्य ९० हजार नेपाली सिड्नी र आसपासको क्षेत्रमा बसोबास गर्ने गरेको बताइन्छ । जुन कुल नेपाली जनसमुदायको जनसँख्याको ४५ प्रतिशत हुन आउछ ।
यस भन्दा आगाडी अग्रजहरुले बिभिन्न सँस्था मार्फत बिभिन्न प्रयासहरू भएका भए पनि योजना अनुरूप अपेक्षित नतिजा नआएकोले अब नतिजा उन्मुख यस परियोजनामा गैह्र आबासिय नेपाली सँघ अष्ट्रेलियाको समन्वयमा र सबै सामाजिक सँस्थाहरूको सहजिकरणमा यस योजना सम्पन्न गर्ने गैह्र आबासिय नेपाली संघका अध्यक्ष अनिल पोखरेलले बताए । “सबैको हात एकै साथ” अष्ट्रेलियाको सिड्नी स्थित नेपाली समुदायमा खड्केको यस योजना सबैको साथ भए २ बर्षमा योजनाले आबश्यक जग्गा खरिद गरा संरचना निर्माणले मुर्त रूप लिने संयोजक हमालले बताएका छन्।
यस तदर्थ समितिले छिट्टै योजनाको Term of Reference (TOR), बिस्तृत योजना र बृहद समुदायिक अन्तरक्रिया गरि औपचारिक समिति गठन गर्ने र योजनालाई द्रुत गतिमा अघि बढाउने सचिब शिब बन्जाराले बताए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



