क्यानडा–११ माथि नेपाल ‘ए’ को रोमाञ्चक जीत

काठमाडौं– नेपाल ‘ए’ ले क्यानडा-११ लाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा सम्पन्न सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ ले क्यानडा-११ लाई २ विकेटले पराजित गरेको हो । क्यानडा-११ ले दिएको २४१ रनको लक्ष्य पछाएको नेपाल ए ले ४९.१ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
नेपालका लागि बशीर अहमद र कप्तान सन्दीप जोराले अर्धशतकीय इनिङ खेलेका थिए । बशीरले अविजित रहदै ५१ रन बनाएर नेपाल ‘ए’ को जितमा महत्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै सन्दीप जोराले ६६ रन बनाएका थिए भने राशिद खानले ४७ र अर्जुन कुमालले ४० रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको क्यानडा-११ ले ४९.५ ओभरमा अलआउट हुदै २४० रन बनाएको थियो । क्यानडाका लागि श्रेयस मोभ्भाले सर्बाधिक ६८ रन बनाएका थिए । त्यस्तै नवनीत धालिवालले ४६, श्रीमन्था विजेयरत्नेले ४१ र एरोन जोहनसनले ३६ रन बनाएका थिए ।
त्यसैगरी नेपाल ‘ए’ का बलर शहाब आलमले ३ विकेट लिएका थिए भने शेर मल्ल र राशिद खानले २-२ विकेट लिएका थिए । त्यसैगरी सागर ढकाल र बसिर अहमदले एक एक विकेट लिएका थिए । यो नेपाल ‘ए’ टिमको पहिलो जित हो । यो जितपछि नेपाल ए ले क्यानडा-११ बीचको सिरिजमा १-१ को बराबरी गरेको छ । अब सिरिजको अन्तिम खेल तथा निर्णायक खेल बिहीवार हुनेछ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...