नवनिर्वाचित राष्ट्रिय सभाका १९ सदस्यद्वारा शपथ

काठमाडौं- राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदले शपथ दिएका छन् । सोमबार सङ्घीय संसद् भवनको ल्होत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । सो अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यहरुलाई सभाको प्रतीक चिह्न लगाइदिनुभयो भने सचिवालयका कर्मचारीले अध्ययन सामग्री वितरण गर्नुभयो । समारोहमा उपप्रधानमन्धी एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो ।
आइतबार २०७४ फागुनदेखि २०८० फागुनसम्म कायम हुनुभएका २० सांसदको बिदाइ भएको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सांसदलाई बिदाइ गरिएको थियो । राष्ट्रिय सभाका कुल ५९ सदस्यको पदावधि ६ वर्षको हुनेछ । रिक्त २० जनाको पदमध्ये १९ जना गत माघ ११ गतेको निर्वाचनबाट निर्वाचित भएका हुन् । एक जना भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी छन् ।
शपथ लिनु हुने नवनिर्वाचित सदस्यहरू
कृष्णप्रसाद सिटौला, रुकामणि कोइराला, आनन्दप्रसाद ढुङ्गाना, पूजा चौधरी, विष्णुकुमारी पुडासैनी, जितजंग बस्नेत, श्रीकृष्ण अधिकारी, घनश्याम रिजाल, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, मनरुपा शर्मा, विष्णुकुमारी सापकोटा, झक्कु सुवेदी, कृष्णबहादुर रोकाया, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, बलदेव बोहरा, नारायणदत्त भट्ट र रेणु चन्द हुनुहुन्छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...