फाइनलमा नेपालको उत्कृष्ट ब्याटिङ, नेदरल्याण्ड्सलाई जीतका लागि १८५ रनको लक्ष्य

काठमाडौं– नेदरल्याण्ड्सविरुद्धको फाइनलमा खेलमा नेपालले जीतका लागि १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालका पुछारका ब्याट्सम्यानहरु क्रिजमा टिक्न नसक्दा एक समय विशाल लक्ष्यतर्फ अघि बढेको नेपाल १८४ रनमै रोकिएको हो । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सीरीजको फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई सम्मानजनक लक्ष्य दिएको हो । नेपालले २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनाएको छ ।
आजको खेलमा नेपालका ओपनर आशिफ शेखले सर्वाधिक ४७ रन बनाए । उनले ३७ बल खेलेर तीन छक्का र एक चौकाको सहयोगले यो स्कोर बनाएका हुन् । आजको खेलमा गुलशन झाले ३४ रन, कुशल मल्लले ११ बलमा विष्फोटक २६ रन, कुशल भूर्तेलले २० रन, रोहित पौडेलले २५ रन तथा करण केसीले ९ रनको योगदान दिए ।
पहिलो विकेटका लागि कुशल भुर्तेलसँग २३ रनको साझेदारी गरेका आसिफले दोस्रो विकेटका लागि रोहित पौडेलसँग ५९ र गुल्सन झासँग तेस्रो विकेटका लागि ४३ रनको साझेदारी गरेका छन् । गुल्सन र कुशल मल्लबीच पाँचौँ विकेटका लागि ३० रनको साझेदारी भयो । १७ ओभरसम्म जम्मा चार विकेट गुमाएर १५८ रन जोडेको नेपालले त्यसपछि १० रनको अन्तरमा चार विकेट गुमाउन बाध्य भयो । नेदरल्यान्ड्सका टिम भान डर गुटेन, फ्रेड क्लासेन, माइकल लेविट तथा साइब्रान्ड इंगलब्रेच्टले समान दुई विकेट लिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...