फाइनलमा नेपालको उत्कृष्ट ब्याटिङ, नेदरल्याण्ड्सलाई जीतका लागि १८५ रनको लक्ष्य
काठमाडौं– नेदरल्याण्ड्सविरुद्धको फाइनलमा खेलमा नेपालले जीतका लागि १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालका पुछारका ब्याट्सम्यानहरु क्रिजमा टिक्न नसक्दा एक समय विशाल लक्ष्यतर्फ अघि बढेको नेपाल १८४ रनमै रोकिएको हो । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सीरीजको फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई सम्मानजनक लक्ष्य दिएको हो । नेपालले २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनाएको छ ।
आजको खेलमा नेपालका ओपनर आशिफ शेखले सर्वाधिक ४७ रन बनाए । उनले ३७ बल खेलेर तीन छक्का र एक चौकाको सहयोगले यो स्कोर बनाएका हुन् । आजको खेलमा गुलशन झाले ३४ रन, कुशल मल्लले ११ बलमा विष्फोटक २६ रन, कुशल भूर्तेलले २० रन, रोहित पौडेलले २५ रन तथा करण केसीले ९ रनको योगदान दिए ।
पहिलो विकेटका लागि कुशल भुर्तेलसँग २३ रनको साझेदारी गरेका आसिफले दोस्रो विकेटका लागि रोहित पौडेलसँग ५९ र गुल्सन झासँग तेस्रो विकेटका लागि ४३ रनको साझेदारी गरेका छन् । गुल्सन र कुशल मल्लबीच पाँचौँ विकेटका लागि ३० रनको साझेदारी भयो । १७ ओभरसम्म जम्मा चार विकेट गुमाएर १५८ रन जोडेको नेपालले त्यसपछि १० रनको अन्तरमा चार विकेट गुमाउन बाध्य भयो । नेदरल्यान्ड्सका टिम भान डर गुटेन, फ्रेड क्लासेन, माइकल लेविट तथा साइब्रान्ड इंगलब्रेच्टले समान दुई विकेट लिए ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...