त्रिशूली बस दुर्घटना: छ जनाको मृत्यु

धादिङ- कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रु बस धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीमा दुर्घटनामा परेको छ । लु २ ख २१२१ नम्बरको बस दुर्घटनामा एक जना महिला सहित छ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३३ जनाको जीवितै उद्धार गरिएको छ । ज्यान गुमाउनेको पहिचान खुल्न सकेको छैन । पृथ्वीराज मार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदिमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिनुभयो ।
दुर्घटनामा ३० जना भन्दा बढी घाइते भएका छन् । घाइतेहरूको गजुरी सामुदायिक अस्पतालमा उपचार भैरहेको छ । घटनास्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना गरी ६५ जना भन्दा धेरै प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् । बिपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा आइपुगेका छन् । बस चालक रुपन्देही लुम्बिनी संस्कृति न.पा.९ बस्ने वर्ष ३८ को हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...