त्रिशूली बस दुर्घटना: छ जनाको मृत्यु
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2024/03/Bus-Accident.jpg)
धादिङ- कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रु बस धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीमा दुर्घटनामा परेको छ । लु २ ख २१२१ नम्बरको बस दुर्घटनामा एक जना महिला सहित छ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३३ जनाको जीवितै उद्धार गरिएको छ । ज्यान गुमाउनेको पहिचान खुल्न सकेको छैन । पृथ्वीराज मार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदिमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिनुभयो ।
दुर्घटनामा ३० जना भन्दा बढी घाइते भएका छन् । घाइतेहरूको गजुरी सामुदायिक अस्पतालमा उपचार भैरहेको छ । घटनास्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना गरी ६५ जना भन्दा धेरै प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् । बिपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा आइपुगेका छन् । बस चालक रुपन्देही लुम्बिनी संस्कृति न.पा.९ बस्ने वर्ष ३८ को हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2025/01/maghiii-L.jpg)
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2025/01/TAMU-SAMAJ-SYDNEY-YEAR-OF-THE-SNAKE.jpg)
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/Dila-kharel.jpg)
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/Rabi-Lamichane.jpg)
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/Samita-Giri.jpg)
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2025/01/maghiii-L.jpg)
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2025/01/TAMU-SAMAJ-SYDNEY-YEAR-OF-THE-SNAKE.jpg)
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/Dila-kharel.jpg)
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/Rabi-Lamichane.jpg)
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/MRS-Vogue-Nepal-2024.jpg)
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...