पपुवा न्यूगिनीविरुद्धको खेलमा नेपालको रोमाञ्चक जीत, फाइनलमा प्रवेश

काठमाडौं– हङकङमा जारी त्रिकोणात्मक टी–२० सीरीजको भरखरै सम्पन्न खेलमा नेपालले पपुवा न्यूगिनीलाई ८५ रनले पराजित गरेको छ । १९९ रनको विशाल लक्ष्य पछ्याउन मैदानमा प्रवेश गरेको पपुवा न्यूगिनीको टीम ११३ रनमै अल आउट भएको हो । नेपालका लागि आजको खेलमा कुशल भूर्तेलले सर्वाधिक चार विकेट लिए । त्यस्तै प्रतिस जिसीले दुई विकेट लिए भने आकाश चन्द र गुल्शन झाले एक-एक विकेट लिए ।
त्यसअघि नेपालका कुशल भूर्तेल र सन्दीप जोरालाई विष्फोटक शैलीमा अर्धशतक बनाएपछि नेपालले छ विकेटको क्षतिमा १९८ रन बनाउन सफल भएको थियो । कुशलले ३९ बलमा चार चौका तथा चार छक्काको सहयोगले ५९ रन बनाए भने सन्दीपले २६ बलमै तीन चौका तथा चार छक्काको सहयोगले ५६ रन बनाए । आजको जीतसंगै नेपाल यो सीरीजको फाइनलमा प्रवेश गरेको छ । फाइनल खेल भोलि मंगलवार खेलिँदैछ ।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...