पपुवा न्यूगिनीविरुद्धको खेलमा नेपालको रोमाञ्चक जीत, फाइनलमा प्रवेश

काठमाडौं– हङकङमा जारी त्रिकोणात्मक टी–२० सीरीजको भरखरै सम्पन्न खेलमा नेपालले पपुवा न्यूगिनीलाई ८५ रनले पराजित गरेको छ । १९९ रनको विशाल लक्ष्य पछ्याउन मैदानमा प्रवेश गरेको पपुवा न्यूगिनीको टीम ११३ रनमै अल आउट भएको हो । नेपालका लागि आजको खेलमा कुशल भूर्तेलले सर्वाधिक चार विकेट लिए । त्यस्तै प्रतिस जिसीले दुई विकेट लिए भने आकाश चन्द र गुल्शन झाले एक-एक विकेट लिए ।
त्यसअघि नेपालका कुशल भूर्तेल र सन्दीप जोरालाई विष्फोटक शैलीमा अर्धशतक बनाएपछि नेपालले छ विकेटको क्षतिमा १९८ रन बनाउन सफल भएको थियो । कुशलले ३९ बलमा चार चौका तथा चार छक्काको सहयोगले ५९ रन बनाए भने सन्दीपले २६ बलमै तीन चौका तथा चार छक्काको सहयोगले ५६ रन बनाए । आजको जीतसंगै नेपाल यो सीरीजको फाइनलमा प्रवेश गरेको छ । फाइनल खेल भोलि मंगलवार खेलिँदैछ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...