अभिभाबकहरु का लागि बनभोज कार्यक्रम आयोजना हुदै 

७५० भन्दा धेरै अभिभाबक सहभागी हुदै 
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
सिड्नी, अष्ट्रेलिया । आफना सन्तानहरु भेट्न र घुमघामका लागि नेपाल देखि अष्ट्रेलिया आई सिड्नी वरपर रहनु भएका अभिभाबकहरु को सम्मानमा एनआरएनए अष्ट्रेलिया न्युसाउथ वेल्स समितिले एक दिने घुमघाम मनोरंजन, स्वस्थ परिक्षण सहितको बनभोज कायर्क्रमको आयोजना गर्दैछ । आउँदो मार्च २३ शनिबार बिहान देखि साँझ सम्म हुने उक्त कार्यक्रमका लागि सम्पूर्ण तयारी पुरा भएको आयोजक एनआरएनए न्युसाउथ वेल्सको तर्फबाट कार्यक्रम संयोजक दिपा जोशीले जानकारी दिनु भएको छ ।
बिगतका बर्षहरु मा  निक्कै सफल र ठुलो संख्यामा अभिभाबकहरु सहभागी रहेको यो कार्यक्रमलाई यस पटक अझ व्यापक बनाउन सिड्नीका १४ भिन्न स्थानबाट अभिभाबकहरु लाई बिहान पिक अप गर्ने र साँझ सोहि स्थानमा ड्रप गर्ने गरि संस्थाका सदस्य र स्वयंसेवकहरु तोकिएको छ । इच्छुक अभिभाबक वा तिनका छोरा/छोरी वा नजिकका इस्टमित्रहरु मार्च १५ सम्म फर्म भरि सक्नु भएको छ । सहभागीहरु को संख्या ७५० भन्दा बढी हुने प्रारम्भिक अनुमान छ ।  कार्यक्रमलाई रोचक र अविस्मरणीय बनाउन कार्यक्रममा खानपिन, मनोरन्जन, स्वस्थ परिक्षण र फोटोग्राफीको कार्यक्रम तय गरिएको छ।  यसको अलावा अभिभाबाकहरु लाई पर्यावरण र सरसफाई सम्बन्धि ज्ञान दिने कार्यक्रम पनि राखिएको छ।
सिड्नीबाट करिब साढे २ घण्टाको दुरीमा रहेको Carraige Shed Wharf Road The Foeshore park Newcastle सम्म पुग्ने त्यहाँको बिबिध एतिहासिक स्थानहरु अबलोकन गर्ने  र बिबिध प्राकृतिक सुन्दर दृष्यहरु मा अभिभाबकहरु लाई एक दिन बिताउन मिल्ने गरि कार्यक्रम तय भएको पनि द नेपाली टाईम्स संगको कुराकानीमा जोशीले बताउनु भयो । उँहाका अनुसार कार्यक्रम सफल बनाउन एनआरएनए न्युसाउथ वेल्सका सम्पूर्ण टिम मेम्बेरहरु ले निक्कै मेहनत गरेको र भिन्न स्थानका संयोजकहरु बाट सम्पूर्ण रुपमा अभिभाबकको रेखदेख सहित रमाइलो बाताबरण एबं अविस्मरणीय बनाउन सम्पूर्ण तयारी अब अन्तिम अवस्थामा पुगी सकेको छ।
पोष्टरमा रहेका पिक अप स्थान बाहेक थप दुइ स्थान ( बर्दिया र एड्मंसन पार्क ) बाट पनि अभिभाबकलाई पिक अप गर्ने हालै ब्यबस्था गरिएको हुनाले त्यो भेगमा रहने साथीहरु लाई कुनै सहयोग चाहिएमा वा कार्यक्रम सम्बन्धि कुनै पनि जानकारीको लागि पोस्टरमा नाम रहेका साथीहरु लाई वा एनआरएनए न्युसाउथ वेल्सका पदाधिकारी वा सदस्यहरु लाई सम्पर्क गर्न अनुरोध गरिएको छ।