माओवादी केन्द्रका उपाध्यक्ष महरा पक्राउ

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

कपिलवस्तु– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । महरालाई कपिलवस्तुको मायादेवी गाउँपालिकाको पकडीबाट प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीम प्रसाद ढकालका अनुसार प्रहरी टोलीले महरालाई काठमाडौं ल्याउने तयारी गरिरहेको छ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई आइतवार मुद्दा चलाउन सिफारिस गरेको थियो ।