लोकप्रिय भयो अजित घिसिङ तामाङको ‘वाचा’, अनु चौधरीसंग यूगल गायन (भिडियो)

काठमाडौं– नेपाली साङ्गीतिक क्षेत्रमा बहुआयामीक व्यक्तित्वको छवि बनाउन सफल संगीतकर्मी अजित घिसिङ तामाङले केही दिनअघि सार्वजनिक गरेको आफ्नो नयाँ यूगल गीत ‘वाचा…’ मार्फत दर्शक तथा स्रोताको मन जित्न सफल भएको छ । गायक, गीतकार, संगीतकार, संगीत संयोजक तथा म्युजिक भिडियो निर्देशकको रुपमा स्थापित भएका संगीतकर्मी घिसिङको केही दिनअघि सार्वजनिक भएको यो नयाँ गीतले छोटो समयमै दर्शक तथा स्रोताको मन जित्न सफल भएको हो ।
प्रस्तुत गीतमा पनि संगीतकर्मी घिसिङकै शब्द, संगीत तथा संगीत संयोजन सुन्न सकिन्छ । यो रोमान्टिक मेलोडी शैलीको गीतले खासगरि युवापुस्ताका दर्शक तथा स्रोताको मन जितिरहेको छ । निकै रोमान्टिक तथा मन छुने शब्दहरुको यो गीतमा समावेश मेलोडियस संगीतले यो गीत सार्वजनिक भएको छोटो समयमै दर्शक तथा स्रोताको मन जित्न सफल भएको हो भन्दा फरक पर्दैन ।
गायक घिसिङले यसअघि धेरैले धेरै माया, ताली, झ्वाइँ खट्टे (प्रमोद श्रेष्ठ र अजित घिसिङ तामाङ), पञ्चै बाजा, नाच्यो चरी (सेलो गीत), आँखा चिम्लि हेर (उषा पाख्रिन र अजित घिसिङ तामाङ), सुटुक्कै (रचना रिमाल र अजित घिसिङ, शब्द रमेश अधिकारी) आदि गीतहरु अत्यधिक लोकप्रिय भएका छन् ।
यो गीतको म्युजिक भिडियोलाई निर्देशक विभोर पोखरेलले तयार पारेका हुन् । सुनिल बुढाथोकीको निर्देशनमा तयार भएको यो गीतको म्युजिक भिडियो पनि उत्तिकै आकर्षक बनेको छ । विशाल थापाको छायांकन तथा नहकुल खड्काको सम्पादन रहेको यो गीतको भिडियोमा विजय कार्की तथा अनिमा विश्वकर्माले अभिनय गरेका छन् । सार्वजनिक भएको दुई दिनमै झण्डै सवा तीन लाख पटक हेरिएको यो गीतको भिडियोमा सयौं प्रतिक्रियाहरु आएका छन् । भिडियोमा आएका प्रतिक्रियाले गीतका शब्द, संगीत तथा स्वरका साथै कलाकारहरुको अभिनयको समेत प्रशंसा गरिएको छ ।
गीतको शब्दले भन्छः
मेरो जस्तै तिम्रो मुटु धड्किने भए
न भेटिँदा केहि पल तड्पिने भए
मैले जस्तै तिमीले खोजेको भए
त्यही खोजको नतिजा मलाई पाए
आउ हात समाउ मायालु गोरेटो गल्ली
उकाली ओराली सङ्गै हिँडौला
बाचुँन्जेली त छदैछ मायालु मरेपछि नि
सङ्गै म हुँला…
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



