आज फागु अर्थात् होली पर्व

काठमाडौं– आज चैत ११ गते आइतवार फागुन शुक्ल चतुर्दशी (पूर्णिमा व्रत भने आजै) भए पनि काठमाडौं उपत्यका, हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात् होली पर्व आजै मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । तराईमा भने भोलि चैत १२ गते सोमवार होली मनाईँदैछ ।
फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारेर ठड्याइएको चीरमा पूजाआजा गरेपछि औपचारिक रुपमा फागु प्रारम्भ हुन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।
त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ । यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । उनलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख छ ।
यसैबीच, युवापुस्ताले हर्षोल्लासका साथ मनाउने यो पर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतवार राजधानीका ९० स्थानमा सवारी जाँच गर्ने तयारी गरेको छ । होली पर्वलाई सुरक्षित र मर्यादित बनाउन ट्राफिकले यस्तो व्यवस्था गर्न लागेको हो । ट्राफिकले बिहान ७ बजेदेखि सवारी जाँच गर्ने र जसका लागि नौ सयभन्दा बढी ट्राफिक प्रहरी परिचालन गर्ने बताएको छ । उपत्यकाका तीन वटै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने र उपत्यका प्रवेश गर्ने नाकामा विशेष चेकजाँचको व्यवस्था मिलाइएको छ । दुर्घटनारहित होली पर्व मनाउन र उच्छृङ्खल गतिविधिलाई नियन्त्रण गर्न सुरक्षा योजना बमोजिम मुख्य सडक, चोक गल्लीमा समेत प्रहरीको बाक्लो परिचालन गर्न लागिएको हो । होलीमा अनावश्यक हर्न बजाउने, नियम विपरित सवारी साधन चलाउने, हेल्मेट नलगाउने, तीव्र गतिमा मोटरसाइकल हाँक्नेमाथि विशेष कडाइका साथ कारबाही गरिने ट्राफिकको भनाई छ । ट्राफिकले ३० ओटा मोबाइल भ्यान परिचालन गरिने र आवश्यकता बमोजिम मोबाइल गस्ती तथा चेक प्वाइन्टसमेत राख्ने प्रहरीको तयारी गरेको छ । यसका साथै मादक पदार्थ र लागुपदार्थ सेवन गरेर सवारी चलाउनेलाई ट्राफिकले विशेष निगरानी गर्ने भएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



