आयरल्याण्ड ‘ए’ विरुद्ध नेपालको जीत

काठमाडौं– नेपालले आयरल्याण्ड ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ । आयरल्याण्ड ‘ए’ ले दिएको १२२ रनको लक्ष्य नेपालले २३ बलअघि नै चार विकेट गुमाएर भेट्टाउन सफल भयो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलिएको खेलमा नेपालका लागि ओपनर कुशल भूर्तेलले अविजित ३७ रनको योगदान दिए । उनले ३२ बलमा चार चौका प्रहार गरे ।
सन्दीप जोराले ३५ बलमा तीन चौका तथा दुई छक्काको सहयोगले ३६ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले अविजित रहँदै १२ बलमा २० रन बनाए । उनले दुई चौका तथा एक छक्का प्रहार गरे । ओपनर आशिफ शेखले ११ बलमा १६ रन बनाए । कप्तान रोहित पौडेल शून्य रनमै आउट भएको आजको खेलमा गुलशन झाले चार रन बनाए ।
त्यसअघि आयरल्याण्ड ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्दै नेपाललाई १२२ रनको लक्ष्य दिएको थियो । आयरल्याण्डको टीम २० ओभरमा अल आउट हुँदै १ सय २१ रन बनाएको थियो । आयरल्याण्डका लागि स्टेफेन डोहेनीले सर्वाधिक ४६ रन बनाएका थिए भने थोमस मायेज र लियाम म्याकार्थीले १६–१६ रन बनाएका थिए । नेपाली बलर ललित राजबंशी, गुलशन झा र कुशल भुर्तेलले २–२ विकेट लिए भने करण केसी र कुशल मल्लले एक–एक विकेट लिएका थिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



