शब्दमालाको वार्षिक साधारणसभा सम्पन्न, नयाँ व्यवस्थापन समिति गठन

दोश्रो पुस्ताका वालवालिकहरुलाई नेपाली भाषा, कला, संस्कृति र परम्परा सिकाउने उद्देश्यले खोलिएको शब्दमाला नेपाली भाषा विद्यालयको बार्षिक साधारणसभा ११ फेब्रुअरिमा ग्य्रान्भिल पब्लिक स्कुलमा सम्पन्न भएको छ । सो अवसरमा शब्दमालाको वार्षिक प्रतिवेदन टिका रेग्मीले प्रस्तूत गरेका थिए भने बिधान संशोधनका संयोजक डा. नन्दराम अर्यालले प्रस्तुत गर्नु भएको संशोधित बिधानलाई सर्वसम्मतीले पारित गरेको थियो ।
उक्त साधारणसभाले आगामी दुइ वर्ष (सन् २०२४ र २०२५) को नयाँ कार्यसमिति समेत चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा विष्णु घिमिरे, उपाध्यक्षमा विजय रेग्मी, सचिवमा दिपक लामिछाने, सम्पर्क अधिकारीमा बिजेन्द्र थपलिया, शैक्षिक संयोजकमा जया थापा, शैक्षिक उपसंयोजकमा अन्नु मिश्र चयन भएका छन् ।
त्यस्तै क्याम्सी शाखाको संयोजकमा ईश्वर गौतम सुदीप गौतम, काल्टन शाखाको संयोजकमा मञ्जु ओझा, ग्य्रान्भिल शाखाको संयोजकमा मल्लिका शर्मा अर्याल र निशा पन्त, वाइतारा शाखाको संयोजकमा भानु चालिसे र सुशिल अर्याल, द पोन्ड्स् शाखाको संयोजकमा हरि पौडेल र गणेश खनाल, न्युक्यासल शाखाको संयोजकमा राजेश खड्का चयन भएका छन् । साधारण सभाले कानूनी सल्लाहकारमा सन्जिव पाण्डेलाई चयन गरेको छ र केही रिक्त बाँकी शाखाका संयोजकहरु पछि छनौट गरिने निर्णय गरेको थियो ।
शब्दमालाको नवनिर्वाचित अध्यक्ष विष्णु घिमिरेले शब्दमालाको अभियानलाई साथ दिने सबै कार्यसमितिकाका पदाधिकारी, स्वयंसेवक लगायत सबै अभिभावकहरुमा धन्यवाद दिँदै आगामी दिनमा शब्दमालालाई अझै परिस्कृत रुपमा अगाडि बढाउन आफूहरू लागि पर्ने बताए ।
त्यसैगरी नव निर्वाचित कार्यसमितिको यहि ३ मार्चमा बसेको पहिलो बैठकले संस्थाको रिक्त पदहरुमा समेत सर्वसम्मत रुपमा पधाधिकारीहरु चयन गरेको छ । जसमा सहसचिबमा राजन सिटौला, चयन भएका छन् भने मक्वायरी फिल्डको शाखा संयोजकमा नारायण कासिच्वा र अर्जिना श्रेष्ठ तथा काल्टन शाखा संयोजकमा रीतु वैद्य श्रेष्ठलाई चयन गरेको छ ।
सन् २०१० मा न्यु साउथवेल्स राज्यको संघ निगमन ऐन २००९ अन्तरगत गोर्खा नेपाली कम्युनिटी र गुठी अस्ट्रेलियाको सहकार्यबाट शब्दमाला नेपाली भाषा विद्यालयको जन्म भएको थियो ।
शब्दमाला एक स्वयसेवकहरुद्वारा संचालित गैरराजनीतिक तथा गैरनाफामुलक संस्था हो । एन. एस. डब्लु. फेडरेसन अफ कम्युनिटी ल्याङ्ग्वेज स्कुलको सदस्य रहेको शब्दमालाले विद्यार्थीहरुको संख्याको आधारमा केही आर्थिक सहयोग पनि पाउने गर्दछ ।
हाल शब्दमालामा न्यु साउथ वेल्स राज्यका सात वटा शाखाहरुमा नेपाली भाषा सञ्चालित छन् । जसमा क्याम्सी पब्लिक स्कुल, कार्लटन साउथ पब्लिक स्कुल, ग्रान्भिल पब्लिक स्कुल, मक्वायरी फिल्ड पब्लिक स्कुल, प्लाट्सवर्ग पब्लिक स्कुल, न्युकासल, पोन्डस् हाइस्कुल, र वाइतारा पब्लिक स्कुल, रहेका छन् । शब्दमालामा हाल करिब ३०० विद्यार्थीहरुका साथै २० जना स्वयं सेवक तथा ३८ जना शिक्षक शिक्षिकाहरु रहेका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



