नयाँ शक्ति नेपालको आय–व्यय विवरण सार्वजनिक

काठमाडौं— शुक्रवार काठमाडौंको दशरथ रंगशालामा स्थापनाको घोषणा गरेको ‘नयाँ शक्ति नेपाल’ पार्टिले आज पार्टी स्थापना राष्ट्रिय भेलामा भएको आय-व्ययको विवरण सार्वजनिक गरेको छ । शुक्रवार भव्य समारोहलाई सम्बोधन गर्दै संयोजक बाबुराम भट्टराईले औपचारिक रुपमा नयाँ शक्ति नेपाल पार्टी घोषणा गरेका थिए । तत्कालिन एमाओवादी पार्टी परित्याग गरेका भट्टराईले आर्थिक क्रान्तिको एजेण्डासहित नयाँ शक्ति नाम दिएर नयाँ पार्टी स्थापना गरेका हुन् । संयोजक भट्टराईले रंगशालामा आयोजित पार्टि घोषणा सभामा उपस्थित भएकाहरुलाई पार्टीको सदस्यको रुपमा सामूहिक सपथ पनि गराएका छन् ।

पार्टिले मंगलबार सार्वजनिक गरेको आयव्यय विवरण अनुसार पार्टी स्थापना राष्ट्रिय भेलामा १ करोड ४ लाख १ हजार ८० रुपैयाँ खर्च भएको छ । सदस्यता शुल्क, प्रवेश शुल्क, सचिवालय सदस्य सहयोग, परिषद सदस्य सहयोग तथा चन्दाबाट १ करोड ६१ लाख ३७ हजार ३ सय रुपैयाँ आम्दानी भएको पार्टिले जनाएको छ । जस अनुसार ५७ लाख ३६ हजार रुपैयाँ बचत भएको पनि नयाँ शक्ति नेपाल पार्टीले जनाएको छ । पार्टीको लेखा शाखाकी सविना अर्यालका अनुसार सदस्यता शुल्क वापतको १ करोड ३ लाख २२ हजार १ सय ३५ रुपैयाँ भने उठ्न बाँकी नै छ ।
यसअघि अन्य राजनीतिक दलले कार्यक्रम गर्दा भएको आयव्ययको विवरण सार्वजनिक गर्ने गरेका थिएनन् । नयाँ शक्ति नेपालले भने आफूहरुले गर्ने आर्थिक गतिविधि पारदर्शी बनाउने दावी गर्दै आएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...