आज ‘मिसेस भोग नेपाल’ को ग्राण्ड फिनाले, १३ जना प्रतिस्पर्धि

काठमाडौं– १३ जना विवाहित महिलाहरुबीचको प्रतिस्पर्धा ‘मिसेस भोग नेपाल’ को ग्राण्ड फिनाले आज अप्रिल ३ अर्थात बुधवार साँझ छ बजेदेखि प्रारम्भ हुँदैछ । प्रतियोगिताको आयोजक संस्थाले दिएको जानकारी अनुसार काठमाडौंको बालुवाटारमा रहेको आम्रपाली ब्याङ्क्वेटमा आज यो प्रतियोगिताको निर्णायक प्रतिस्पधार्भ सञ्चालन हुँदैछ ।
प्रतियोगितामा बिकिता सुवेदी, पुजा पाख्रिन, आकृती श्रेष्ठ, नीमा लामा,लक्ष्मी केसी, मनिला लामिछाने, आयुष्मा बास्तोला पौडेल, मेरिषा सुवाल, मिना परियार, राधिका चौधरी, यादिना रजक, रेश्मी महर्जन तथा बिइभा बस्नेतबीच प्रतिस्पर्धा हुँदैछ ।
स्मित तामाङ्गको कोरियोग्राफीमा आयोजना भैरहेको यो प्रतियोगितामा यी १३ जना विवाहित महिलाहरुले सहभागिता जनाएका छन् । प्रतियोगितामा खरो उत्रनका लागि उनीहरु पछिल्लो एक महिनाभन्दा लामो समयदेखि कठोर प्रशिक्षणमा व्यस्त छन् । त्यसक्रममा उनीहरुले र्याम्प वाक, व्यक्तित्व विकाससहितका जीवनोपयोगी विषयमा प्रशिक्षण पाएका छन् । प्रशिक्षणकै क्रममा उनीहरुले चलचित्र अभिनेता सुनिल थापा, अभिनेत्री एलिजा गौतम लगायतका व्यक्तित्वहरुसंग भेटघाट गर्दै उनीहरुका अनुभवहरु सुन्ने अवसर पाइसकेका छन् ।
प्रतियोगितामा सहभागिता जनाउने सबै प्रतिस्पर्धिहरु कामकाजी, जागिरे, उद्यमी आदि क्षेत्रबाट प्रतिनिधित्व गरेका छन् । उनीहरुमध्ये केही प्रतिस्पर्धिहरु एकल महिलासमेत छन् । एक महिनाको प्रशिक्षणपछि सहभागि प्रतिस्पर्धिहरुमा धेरै कुरामा परिवर्तन आएको तथा प्रशिक्षणको क्रममा उनीहरुबाट आफूले पनि धेरै कुरा सिक्ने मौका पाएको आयोजक संस्थाकी प्रमुख ओसिमा बानुको भनाइ छ । बानुका अनुसार यो केवल फेसन शो तथा सौन्दर्य प्रतियोगितामात्र होइन, यो महिला शसक्तिकरणको मुद्दा उठाउने तथा महिलाले आफ्ना कुराहरु राख्न सक्ने एउटा सशक्त प्लेटफर्म समेत हो ।
हाउस अफ फेसन नेपालद्वारा आयोजित यो समारोहमा भव्यता, शैली तथा महिला सशक्तिकरणलाई उत्सवको रुपमा मनाइने तयारी गरिएको छ, जसले नेपालको फेसन परिदृश्यमा अमिट छाप छोड्ने लक्ष्य बनाएको आयोजक बानुको भनाइ छ । यसअघि उनीहरु ट्यालेन्ट शोमा समेत सहभागि भएर आफूमा निहित प्रतिभाहरु प्रस्फुटन गरिसकेका छन् । मिसेस भोग नेपाल प्रतियोगितामा नेपाली महिलाहरूको सौन्दर्य र विविधतालाई उजागर गर्दै रचनात्मकता, प्रतिभा तथा महिला सशक्तिकरणको शसक्त माध्यम बनाउने लक्ष्य लिइएको छ ।
प्रतियोगिताको ग्राण्ड फिनालेमा मनमोहक फेसन शोकेस, प्रेरणादायक प्रदर्शन तथा विचार–उत्तेजक अभिव्यक्तिमार्फत समारोहलाई अविस्मरणीय बनाइने आयोजक संस्थाको योजना छ । ‘मिसेस भोग नेपाल’ प्रतियोगितामा हरेक सहभागिलाई आफ्नो कथा भन्ने तथा दर्शकमाझ शेयर गर्ने अवसर प्रदान गरिँदैछ, जसलाई ‘उनको कथा’ थिम दिइएको छ । प्रतियोगितामा कमलपोखरीस्थित जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजीद्वारा तयार पारिएका आकर्षक, परम्परागत शैलीद्वारा तयार पारिएका पहिरनहरुलाई प्रतिस्पर्धिहरुले फेसन एक्स्ट्राभ्यागेञ्जाको रुपमा प्रदर्शन गर्दैछन् ।
प्रतियोगिताको ट्यालेन्ट शोकेस सिक्वेन्समा प्रतिस्पर्धिहरुले आफूमा भएको प्रतिभालाई प्रस्तुत गर्नुका साथै महिला शसक्तिकरणलाई उजागर गर्ने शैलीका सन्देशहरु दर्शकलाई दिने छन् । प्रतियोगिहरुलाई केही साताअघि सम्पन्न नारी दिवसको अवसरमा समेत केही गतिविधिहरुमा सहभागि गराइएको थियो । उक्त कार्यक्रममा उनीहरुलाई महिला शसक्तिकरणको विषयमा छलफल गराइनुका साथै पिरियड हाइजीन, आत्म निर्भरताका बारेमा कुराकानी गराइएको थियो । बुधवार राति सम्पन्न हुने प्रतियोगितामा मिसेस भोग नेपालको विजेताको घोषणा हुनुका साथै कमर्सियल एम्बासडर, फर्स्ट रनर्स अप तथा सेकेण्ड रनर्सअपको घोषणा गरिने छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...



