टी–२० विश्वकप खेल्ने जर्सी सार्वजनिक

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, चैत्र २७, २०८०

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमको आइसीसी टी–२० विश्वकप खेल्ने जर्सी सार्वजनिक गरिएको छ ।
नेपालले दोस्रो पटक टी–२० विश्वकप खेल्दै छ । यसपटक केल्मीले नेपाली क्रिकेट टिमको विश्वकप जर्सी निर्माण गरेको हो ।

आउँदो जुनमा हुने विश्वकपको आयोजना अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । कुल २० देशले भाग लिने यस विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालसँगै यस समूहमा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले विश्वकपको पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेल्ने तालिका रहेको छ ।