राप्रपाको प्रदर्शनमा प्रहरीद्वारा बल प्रयोग

काठमाडौं– ४० बुँदे माग पूरा गराउन दवाव दिने उद्देश्यले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलवार काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ । प्रदर्शनका क्रममा झडप भएको साथै प्रहरी लाठीचार्ज र पानीको फोहोरा हानेको छ । प्रदर्शनका कारण काठमाडौं र ललितपुरको सवारी आवागमन दिनभर प्रभावित भएको छ ।
काठमाडौंमा घण्टौं सवारी जाम भएको छ । देशभरबाट काठमाडौंमा जम्मा भएका राप्रपाका प्रदर्शनकारीले भद्रकालीबाट निषेधित क्षेत्र तोड्दै सिंहदरबारतर्फ अघि बढ्ने प्रयास गर्दा प्रहरीले बल प्रयोग गरेको हो ।
प्रदर्शनकारीलाई रोक्नका लागि राखेको रेलिङको बार तोडेर अघि बढ्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको हो ।
प्रहरीले पानीको फोहोरासहितको प्रयोग गरेपछि आन्दोलनकारी तितरवितर भएका छन् । प्रहरीले निरन्तर पानीको फोहोरासहित आन्दोलनकारीलाई पछि हटाउँदै सहिदगेट कटाएको थियो । प्रदर्शनबाट संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ । आन्दोलनकारीलाई प्रहरीविरुद्ध उक्साउने काम गरेपछि शाहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई पछि नहट्न आग्रह गर्दै मुठभेड निम्त्याउने प्रयास गरेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । शाहीसँगै अन्य एक प्रदर्शनकारी पनि पक्राउ गरिएको प्रहरीको भनाइ छ । त्यसक्रममा १४ जना घाइते भएका छन् । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार प्रहरीले आफ्ना दर्जनौं कार्यकर्ता घाईते भएका छन् । राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्नेलगायतका माग राख्दै आएको छ । ‘अवस्था बदल्न व्यवस्था बदलौँ’ भन्ने मुख्य नारा लिएर राप्रपाले प्रदर्शन गरेको हो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



