आज इद–उल–फित्र

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– आज मुस्लिम धर्मावलम्बीहरुको महान् पर्व ईद–उल–फित्र मनाईँदैछ । इदको चन्द्रमा देखिने बित्तिकै रमजान महिना समाप्त हुन्छ र भोलिपल्ट इद उल फित्र मनाइन्छ । इद विश्वभरी ११ अप्रिल २०२४ मा मनाइने छ । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद–उल फित्र ईदका अवसरमा आज बिहीवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आज ईदको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जानकारी दिएको छ । गत वर्ष चैत २ गते प्रकाशित राजपत्रको सूचना अनुसार नै बिदा दिइएको मन्त्रालयले जनाएको छ । मुस्लिम आयोगले पनि बिहीवार ईद परेको भनेर सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको थियो ।