नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुल्ने

काठमाडौं– संघीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेल नयाँ वर्ष अर्थात यही वैशाख १ गते शनिवारदेखि २४सै घण्टा खुला रहने भएको छ । नयाँ वर्ष २०८१ को पहिलो दिनदेखि ठमेल तथा दरबारमार्ग क्षेत्रमा २४सै घण्टा व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको छ । गृहमन्त्री रवि लामिछानेले मन्त्रालयको जिम्मेवारी सम्हाल्नेबित्तिकै शहरको प्रमुख पर्यटकीय गन्तव्य क्षेत्रमा २४सै घण्टा व्यवसाय सञ्चालन गर्ने वातावरण मिलाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल र दरबारमार्ग क्षेत्रमा २४सै घण्टा व्यवसाय खुलाउन आवश्यक सम्पूर्ण तयारी भएको बताए । ‘सरकारले बातावरण बनाइ दिने भएपछि हामीले पनि सबै तयारी गरिसकेका छौँ । नयाँ वर्षदेखि त्यो घोषणा हुन्छ, रातभर व्यवसाय सञ्चालन हुन्छ,’ उनले भने । त्यस क्षेत्रको सुरक्षा प्रवन्ध र व्यवस्थापनको काम भने काठमाडौं जिल्ला प्रशासन कार्यालयले गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले ठमेल र दरबारमार्ग क्षेत्रमा वैशाख १ गतेदेखि रात्रीकालीन व्यवसाय सञ्चालन गर्ने तयारी भएको बताए ।
अब ठमेल र दरबारमार्गमा क्लब, डान्स, दोहोरी, डिस्कोलगायत मनोरञ्जन व्यवसाय, किराना पसल, पर्यटनसँग सरोकार भएका सबै बजार रातभर खुल्नेछन् । रात्रीकालीन बजार व्यवस्थापनका लागि प्रशासनले सुरक्षा मापदण्ड बनाएर लागू गर्दैछ । मापदण्ड नपुगेका व्यवसाय भने त्यसपछि बन्द हुनेछन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...