नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुल्ने
काठमाडौं– संघीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेल नयाँ वर्ष अर्थात यही वैशाख १ गते शनिवारदेखि २४सै घण्टा खुला रहने भएको छ । नयाँ वर्ष २०८१ को पहिलो दिनदेखि ठमेल तथा दरबारमार्ग क्षेत्रमा २४सै घण्टा व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको छ । गृहमन्त्री रवि लामिछानेले मन्त्रालयको जिम्मेवारी सम्हाल्नेबित्तिकै शहरको प्रमुख पर्यटकीय गन्तव्य क्षेत्रमा २४सै घण्टा व्यवसाय सञ्चालन गर्ने वातावरण मिलाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल र दरबारमार्ग क्षेत्रमा २४सै घण्टा व्यवसाय खुलाउन आवश्यक सम्पूर्ण तयारी भएको बताए । ‘सरकारले बातावरण बनाइ दिने भएपछि हामीले पनि सबै तयारी गरिसकेका छौँ । नयाँ वर्षदेखि त्यो घोषणा हुन्छ, रातभर व्यवसाय सञ्चालन हुन्छ,’ उनले भने । त्यस क्षेत्रको सुरक्षा प्रवन्ध र व्यवस्थापनको काम भने काठमाडौं जिल्ला प्रशासन कार्यालयले गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले ठमेल र दरबारमार्ग क्षेत्रमा वैशाख १ गतेदेखि रात्रीकालीन व्यवसाय सञ्चालन गर्ने तयारी भएको बताए ।
अब ठमेल र दरबारमार्गमा क्लब, डान्स, दोहोरी, डिस्कोलगायत मनोरञ्जन व्यवसाय, किराना पसल, पर्यटनसँग सरोकार भएका सबै बजार रातभर खुल्नेछन् । रात्रीकालीन बजार व्यवस्थापनका लागि प्रशासनले सुरक्षा मापदण्ड बनाएर लागू गर्दैछ । मापदण्ड नपुगेका व्यवसाय भने त्यसपछि बन्द हुनेछन् ।
काठमाडौं– काठमाडौंको दरवारमार्गमा रहेको मधुशाला गीत गजल रेष्ट्रो एण्ड बारले यही माघ...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...