राई झुमाको बिहे गराउँदै गायक तथा संगीतकार रवि मल्ल

काठमाडौं— पछिल्लो समय संगीतकारको रुपमा लोकप्रिय भैरहेका गायक,संगीतकार तथा गीतकार रवि मल्ल यतिबेला एउटा नयाँ गीतका कारण चर्चामा छन् । सुदुर पश्चिमाञ्चल क्षेत्रमा लोकप्रिय रहेको ठेट लोकभालाई पप शैलीमा ढालेर गाएको गीत कम समयमै लोकप्रिय भएपछि उनी चर्चामा आएका हुन् । आफ्नै संगीतमा तयार भएको ‘राई झुमाको बिहे भयो…’ गीतको अडियोबाटै प्रसंसा पाएका गायक मल्ल यो गीतको म्युजिक भिडियो सार्वजनिक भएपछि थप चर्चा पाउने पक्का छ ।
नायिका वर्षा शिवाकोटी तथा मोडल स्वर्णिम थापाद्वारा अभियन गरिएको म्युजिक भिडियोको निर्देशन विभोर पोखरेलले गरेका हुन् । मनमोहक लोकशनमा छायांकन गरिएको यो लोक–पप शैलीको गीतको म्युजिक भिडियोमा गायक रवि मल्लले पनि अभिनय गरेका छन् । गायक मल्लको एकल एल्बम ‘यही जिन्दगी’ मा यो गीत समावेश गरिएको छ । यो गीतका रचनाकार नरेन्द्र आभाष धामी हुन् । रोशन श्रेष्ठले यो गीतको छायांकन गरेका हुन् जसमा टेकेन्द्र शाहको सम्पादन छ । यो गीतमा उदयराज पौडेलको संगीत संयोजन छ ।
विगत आठ वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा संगीतकार रवि मल्लले अनुराग संगीत विद्यालयमा संगीतकारद्वय राम सिटौला तथा अर्जुन पोखरेलसंग गायन तथा संगीतको औपचारिक प्रशिक्षण लिएका छन् । त्यसो त संगीतकर्मी चण्डीप्रसाद काफ्लेसंग पनि उनले संगीतको प्रशिक्षण लिइसकेका छन् । पछिल्लो तीन वर्षदेखि गायक तथा संगीतकारको रुपमा सक्रिय रहेका मल्ल यतिबेला विभिन्न विद्यालयहरुमा संगीत प्रशिक्षकको रुपमा समेत कार्यरत छन् । मल्लले संगीतबद्ध गरेका तीन दर्जनभन्दा बढि गीतहरु विभिन्न गायक–गायिकाको स्वर रेकर्ड भैसकेको छ । आफूले संगीतबद्ध गरेका अधिकांश गीतहरु मल्ल आफैं रचना समेत गर्छन् । गायक श्याम कार्कीको पछिल्लो लोकप्रिय गीत ‘तिम्रो मायाले बाँधेर राख…’ का गीतकार पनि मल्ल नै हुन् । तनहुँमा जन्मिएर विगत एक दशकभन्दा लामो समयदेखि काठमाडौंमै रहेका गायक तथा संगीतकार रवि मल्लको ‘राई झुमाको बिहे…’ म्युजिक भिडियो यस्तो छ :
https://youtu.be/MzFAwF4qd4I
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...