हङकङविरुद्ध नेपालको फराकिलो जीत

काठमाडौं– नेपालले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जीत निकालेको छ । सोमवार सम्पन्न खेलमा हङकङलाई ८ विकेटले पराजित गरेसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो जीत हासिल गरेको हो । हङकङले दिएको ११५ रनको लक्ष्य पछाएको नेपालले १२.३ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि आसिफ सेखले सर्बाधिक ४० रन बनाएका थिए भने कुशल भुर्तेलले ३२, कप्तान रोहित पौडेलले अविजित २१ तथा सन्दीप जोराले अविजित १९ रन बनाए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हङकङले १७.५ ओभरमा अल आउट हुँदै ११४ रन बनाएको थियो । वर्षाले प्रभावित भएपछि यो खेल १८–१८ ओभरमा घटाइएको थियो । हङकङका लागि अंशमन राठले सर्वाधिक ३४ रन बनाए भने जीशान अलिले १४, कप्तान निजाकत खानले १२ रन र एहसान खानले ११ रन बनाएका थिए । त्यस्तै नेपाली बलर अविनाश बोहोराले सर्वाधिक तीन विकेट लिए भने ललित राजबंशी र दिपेन्द्र सिंह ऐरीले समान दुई तथा करण केसीले एक विकेट लिएका थिए ।
यो जीतपछि समुह ए मा रहेको नेपालको ३ खेलमा ६ अंक भएको छ र नेपाल शिर्ष स्थानमा रहेको छ । साथै नेपालको सेमिफाइनलको यात्रा पनि निश्चित भएको छ । नेपालले अब समुह चरणमा आफ्नो अन्तिम खेल बुधवार साउदी अरेबियासँग खेल्ने छ । त्यसैगरी हङकङको भने यो प्रतियोगितामा दोस्रो हार हो । ३ खेलमा एक जीत तथा दुई हार व्यहोरेको हङकङको सेमिफाइनल यात्रा अब कठिन भएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...