ओ माइ म्यानको प्रिमियर शो सम्पन्न

काठमाडौं— दुई स्थापित निर्माताहरु शक्ति बल्लभ घोरासैनी तथा पूनम गौतमद्वारा संयुक्त रुपमा निर्माण गरिएको लघु चलचित्र ‘ओ माइ म्यान’ ले प्रिमियर शोमा दर्शकको प्रसंसा पाएको छ । दरबारमार्गस्थित राइजिङ मलको क्यूज सिनेमा दुई भिन्न शोमार्फत प्रिमियर गरिएको यो चलचित्रका निर्देशक गोपालचन्द्र लामिछाने हुन् । लामिछानेले विगतमा लघु चलचित्र ‘बोक्सी’ निर्देशन गरेर अन्तर्राष्ट्रिय ख्याती हासिल गरिसकेका छन् । घोरासैनीको निर्माणमा लामिछानेद्वारा निर्देशित चलचित्र ‘किन लाग्छ माया’ पनि व्यवसायिक रुपमा सफल चलचित्र हो ।
रमा थपालिया, लक्ष्मी गिरी, शम्भु थापा, स्वस्तिका राजभण्डारी तथा बाल कलाकार कुशाग्र भट्टराई अभिनित यो चलचित्रको प्रिमियर शोमा उपस्थित नेपाली चलचित्रका निर्माता, निर्देशक तथा कलाकारले करिव २३ मिनेट अवधिको यो चलचित्रले आधुनिक समाजको चित्रण गरेको प्रतिक्रिया दिए । चलचित्रमा काठमाडौंको हनुमानढोका परिसरस्थित विशाल कालभैरवको मूर्तिसम्बन्धी पौराणिक कथालाई आधुनिक समाजसँग जोडेर चित्रण गरिउको छ । चलचित्रमा श्रीमान्, श्रीमती र सानो छोराका साथमा दुई जना सम्धिनीको मुख्य भूमिका छ । व्यवसायी श्रीमानलाई बिदाको दिन छोरासँग डुल्न पठाउने र नारीवादी सासू गाउँका महिलाहरूसँग व्यस्त भएको मौकाछोपी प्रेमीसँग लहसिने एक विवाहित महिलाको चर्तिकलाबाट उब्जिएको घटनालाई यो चलचित्रमा प्रस्तुत गरिएको छ । विभिन्न चलचित्र महोत्सवमा सहभागी गराइने चलचित्र ‘ओ माई म्यान’मा हिन्दु धर्ममा पनि विशेष गरी काठमाडौं उपत्यकामा प्रचलित किवंदन्तीलाई रोचक ढंगबाट देखाइएको छ । यो चलचित्रका लेखक सञ्चारकर्मी सुशील पौडेल हुन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...