क्लिनरदेखि डोमिनोको मालिकसम्म : धर्मराज अधिकारी

पछिल्लो समय अष्ट्रेलियाको ब्यापार व्याबसाय क्षेत्रमा नेपालीहरूको उपस्थिती बाक्लिदै गएको छ । एजुकेसन कन्सल्टेन्सि, माइग्रेसन एजेन्ट, मोर्टगेज ब्रोकरदेखि रेष्टुरा, ग्रोसरी सप, बुटिक आदि व्यबसायहरूमा धेरैले हात हालिरहेका छन् । सुरुमा विद्यार्थीको रुपमा यहां आएर संघर्ष गरेकाहरू अहिले आफ्नै व्यबसायमा रमाइरहेका छन् । केहि अपबाद बाहेक समग्रमा भन्नुपर्दा यि व्यवसायहरू नेपालीलाई फापेको पनि छ । यसैगरि अष्ट्रेलियाको व्यवसाय फापेको र छोटो समयमा एउटा छुट्टै उचाई र परिचय बनाई सकेको नाम हो धर्मराज अधिकारी ।
डोमिनोज पिज्जा सपबाट फ्रेन्चाइज लिएर उनले आफ्नो व्यवसाय ब्यापक रुपमा बिस्तार गरिरहेका छन् । सुरुमा एउटा डोमिनोज पिज्जा सपको फ्रन्चाइज लिएर एउटा छुट्टै खालको व्यवसायमा हात हालेका धर्मराज अधिकारी अहिले ८ ओटाको मालिक हुन् । अधिकारीको दैनिकी आहिले ब्यापार व्याबसाय बिस्तार, व्यबस्थापन अनि भावी योजनामा मै बित्छ । ब्यस्त दैनिकिका बाबजुद पनि उनि परिवार र साथि भाईलाई समय दिन भ्याउंछन र त उनको अनुहार यहाँको नेपाली समुदायमा परिचित अनुहार बनेको छ ।
२०२६ सालामा नुवाकोट जिल्लाको पारुकोट गाबिसमा बाबु होमनाथ अधिकारी र आमा मेनुकादेबी अधिकारिको कोखबाट ४ भाइ र ३ दिदीबहिनी सहित कान्छो छोराको रुपमा अधिकारीको जन्म भएको थियो । उनका बाबु मध्यम वर्गीय कृषक थिए । आफ्नो बाबुले आफुहरूलाई यहाँसम्म ल्याउन गरेको मिहिनेत र योगदान अतुलनीय रहेको उनको बुझाइ छ । त्रिशुली हाइ स्कुल नुवाकोटबाट एसएलसी दिएका अधिकारीले आफ्नो बाल्यकाल सुखद रहेको अनुभब हामीसँग साटे । स्कुले जीबन सकेर उनी काठमाडांै झरे देउराली मल्टिपल क्याम्पसबाट आइकम उतिर्ण गरेका उनी वकिल बन्ने सपनासहित नेपाल ल क्याम्पसमा भर्ना भए । सानैदेखि बिद्रोही स्वभाबका अधिकारी जिन्दगीमा जहिले जे परे पनि गर्छु तर पछी पर्दिन भन्ने मान्यता लिएर हिड्थे संधै । पढाइमा मध्यम नतिजा ल्याउने अधिकारीले क्याम्पस पढ्दाताका नै आफुलाई ब्यापारीको उपमा दिइसकेका थिए । उनी भारत गएर समानहरू होलसेल मुल्यमा ल्याएर काठमाडौंमा बेच्ने गर्थे । यसका अलावा उनी राजनीतिमा पनि सकृय व्यक्ति हुन । भोलि नेता बनेर देशको सेवा गर्ने हेतुले उनी विद्यार्थी राजनीतिमा पनि होमिएका थिए । उनले २०४६ सालको आन्दोलनमा सकृय भूमिका निभाएका थिए । त्यसैगरि नेपाल रहदासम्म हुने जुन सुकै विद्यार्थी आन्दोलनमा उनि अग्र पंक्तिमै हुन्थे र आफ्नो तर्फबाट हर राजनितिक परिवर्तन आफुले निस्वार्थ योगदान दिएको भनि रहदा उनलाई गर्व कै महशुस हुने गर्दछ । राजनीति गर्ने वकिल बनेर न्याय क्षेत्रमा ठूलो योगदान गर्छु भन्ने कल्पनामा ल पढ्न थालेका उनी देशको राजनीतिक परिबेसबाट आजित थिए । आफु हक्की स्वभाबको भए पनि नेपालको राजनीतिको अगाडि जस्तो सुकै स्वाभिमानी मान्छे पनि झुक्न बाध्य हुन्छ भन्ने उनको बुझाइ छ । राजनीति कै कारण उनको वकिल बन्ने सपना तुहियो ।
अष्ट्रेलियाको यात्रा
सुन्दर भविष्यको कल्पना गर्दै सन १९९६ मा अष्ट्रेलिया हानिएका अधिकारीले अवसरको भुमिमा अन्य नेपाली सरह धेरै उतारचढाबको सामना गरे । उनी आउने बेला नेपालीहरू एकदम थोरै थिए, कोही इन्डियन देख्यो कि आफ्नै जस्तो लागेर बोल्न जाने स्थिती थियो उनी आफ्ना सुरुवाती दिन सम्झन्छन । अहिले नेपाली समुदाय ब्यापक रुपमा बिस्तार भएको देख्दा खुसी लागेको उनी बताउँछन । त्यती बेला विद्यार्थीलाई धेरै गाह्रो थियो । काम नपाइने, कलेज समय नमिल्नेलगायतका हैरानी खेप्नु परेको उनी सम्झिन्छन । धेरै पढ्छु अनि केहि पैसा कमाएर नेपाल नै फर्किन्छु देशको सेवा गर्छु भन्ने अधिकारीको सुरुवाती मन अझै पनि परिवर्तन भएको छैन । उनि अगाडि थप्छन संघर्षका पहाडहरू छिचोल्दै अहिले मैले सन्तोषजनक प्रगति गरेको छु तर पनि अहिले सम्म यहाँको नागरिकता लिएको छैन । मन त मेरो नेपाली नै हो तन यहाँ त, देशलाई साह्रै माया गर्छन अधिकारी । त्यसैले त देशमा घटेका साना साना नराम्रा घटनाले उनलाई खिन्न बनाउँछ ।
जिन्दगीमा सघर्ष के हो यहां आएर सिके उनले । किचन ह्यान्डदेखि लिएर क्लिनि∙ सबै काम गरेको अनुभब छ उनीसंग । काम गर्दै जादा जहाँ आफुले क्लिनिङ गर्थे त्यही बिजिनेशको सब कन्ट्र्याक्ट लिएर पछी आफै किने र सुरु भयो उनको ब्याबसाय अजिको यो देशमा । समय बित्दै जादा उनले सेक्युरिटि बिजनेसमा हात हाले र केहि हदसम्म सफल पनि भए । चञ्चले स्वभाबका कारण उनले धेरै ठाउंमा हात हालेर अनुभब संगालेका छन । अरु भन्दा केहि फरक गर्छु भन्ने मान्यता राख्दै उनले नेपालीले कमै गर्ने र सोच्ने ट्याक्सि व्यवसाय पनि सुर गरेका थिए । त्यतिबेलाको समयमा पनि उनले निक्कै ठुलो आँट गरेर नै ३ वटा ट्याक्सि किनेका थिए । नेपालीलाई नै काममा राखेका थिए । पेशा सानो ठुलो त होइन तै पनि नाम नखुलाउने शर्तमा ठट्टा गर्दै उनले भने अहिलेका नेपाली समुदायका ठुला केहि नेताहरू कुनै बेला उनकै ट्याक्सि चलाउंथे ।
अरुले भन्दा फरक गर्ने आफ्नो स्वभाबको कारण उनले डोमिनोज पिज्जा व्यवसायमा हात हालेका थिए । १/२ गर्दै अहिले ८ वटा सपको मालिक छन् उनी र छिटै २ वटा थपिदै छन् उनको स्वामित्वमा । अहिले उनको अन्डरमा करिब ४५० जना काम गर्छन जसमध्ये २५-३० जनाजति नेपाली छन् । धेरै नेपालीलाई काम दिने मन भएपनि उनको व्यवसाय भएको ठाउंमा कम नेपाली भएकोले यो सम्भब नभएको बताउंछन । उनको आगामी योजना भनेको डोमिनोजका मुख्य स्टोरको स्वामित्व लिने हो । सम्भब भएसम्म यसको फ्रेन्चाइज नेपालसम्म पुर्याउने उनको भावी योजना छ । २ वर्षमा कसरी २ मिलियन डलर कमाउने भनेर “थिड्ढ ट्याङक” ले गरेको एउटा सर्भेबाट उनी सिड्निको टप ३ र अष्ट्रेलियाको टप २० मा पर्न सफल भएका छन । अष्ट्रेलिया अहिले धेरै नेपालीहरूको सपनाको देश हो । यहाँ जे पनि गर्न सकिन्छ मिहिनेत र धैर्यता राख्यो भने । त्यसैले आत्तिएर र मात्तिएर केहि नगर्न सुझाब दिन्छन उनी नयाँ पुस्तालाई ।
परिवार र समाज
नेपालमा आन्दोलनको दौरान भेटिएकी बिना पौडेल संग २०५१ सालमा उनले लगन गाठो कसे । उनी अहिले २ छोरा (जेठो बिधान राज शर्मा १४ र कान्छो बिज्ञान राज शर्मा १०) र श्रीमतीका साथ वोलङगनमा बस्दै आइरहेका छन् । यती धेरै व्यस्त दैनिकीका बाबजुद पनि उनी घरपरिवार र सामाजिक कामको लागि समय निकाल्छन । सिड्नीमा हुने प्राय: सबै ठूला कार्यक्रमा ६३ किलोमिटर टाढाबाट आएर पनि सरिक हुन्छन उनी । व्यक्तिगत नाफाका लागि नभएर सामाजिक हितका लागि आयोजना गरिएको कार्यक्रमा उनी आर्थिक सहयोग समेत गर्छन । अहिले आफुलाई उनि शुद्ध ब्यापारि भन्न रुचाउँछन त्यसैले उनको कुनै राजनितिक र सामाजिक संस्थामा आबद्धता छैन । तर देश छोडेर बिदेशमा बसेको हुनाले एनआरएन अभियानको एउटा सक्रिय व्यक्ति हुन उनी । एनआरएनए सबैको साझा संस्था भएकोले यसमा कुनै पनि हालतमा राजनीति छिर्नु हुन्न भन्ने उनको प्रष्ट मान्यता छ । उनले आफ्नो सामाजिक उत्तरदायित्व राम्रैसंग निभाएका छन । बिभिन्न सामाजिक कामदेखि लिएर भुकम्पले प्रभाबित बनाएकाहरूको उनले हालै मन फुकाएर सहयोग गरेका छन् र हालै नेपालको पुनस्थापनाको लागि करिब २० लाख बराबरको सहयोग गरेका छन् । अष्ट्रेलियामा जन्मे पनि आफ्नो छोराहरूलाई उनले नेपाली संस्कार र संस्कृति राम्रोसंग सिकाएका छन् । संसारको जुनसुकै कुनामा गएपनि नेपालीपन भुल्न नसकिने उनको अनुभब छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...



