अष्ट्रेलिया आइपुगे नेपाली विश्व साइकल यात्री मिश्र र खत्री
सिड्नी- नेपालका विश्व साइकल यात्री अजय प्रसाद मिश्र तथा भगत खत्री विश्वका १ सय १० देशको साइकल यात्रा पूरा गरी अष्ट्रेलिया आइपुगेका छन् । नेपालको नाम तथा नेपाली कला, संस्कृति र सम्पदालाई विश्व सामु फैलाउँदै विश्व शान्ति र अनाथ-असहाय बालबालिकाका लागि शिक्षा भन्ने नारा लिइ २०६१ साल साउन १८ गते देखि यात्रा प्रारम्भ गरेका उनीहरू साइकल यात्राका क्रममा अष्ट्रेलिया आई पुगेका छन् । मध्यपुर थिमी नगरपालिका, भक्तपुरका मिश्र तथा खत्रीले हालसम्म ११० रास्ट्रको भ्रमण गरिसकेका छन् र हालैमात्र जापानको भ्रमण सकेर अस्ट्रेलिया आइपुगेका हुन् ।
मेलबर्न , अल्बरी, वागा वागा हुँदै क्यान्बेरा आइपुगेका विश्व साईकल यात्रीको सम्मान र स्वागतमा आईतवार स्थानिय समुदायका प्रतिनिधिहरुले खादा ओढाई स्वागत गरेका थिए । गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको समन्वय समितिको संयोजनमा आयोजित उक्त कार्यक्रममा फेन्का, अष्ट्रेलिया नेपाल फ्रेण्डसिप सोसाईटी, सनातन समाज क्यान्वेरा, प्रवासी नेपाली मञ्च अष्ट्रेलिया आदि संघ संस्थाको पनि सहभागिता रहेको थियो ।
राजधानी क्यान्वेराको फिस्विकस्थित गोल्डेन मोमेन्ट्समा आयोजित एक कार्यक्रमबीच क्यान्वेराका स्थानिय संघ-संस्थाका प्रतिनिधीहरुले विश्व साईकल यात्रीहरुको अभियानप्रति एकवद्धता जनाउँदै सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । कार्यक्रममा विश्व साइकल यात्रीद्वय अजय मिश्र र भगत खत्रीले आफ्नो यात्राका क्रममा भोगेका सुखद र दुखद पल साटेका थिए भने उपस्थितहरुद्वारा राखिएका जिज्ञासाहरुलाई प्रस्ट्याएका थिए । क्यान्बेराबाट सिड्नी हुँदै न्युजिल्यान्ड समोआ, टोन्गा, फिजी, भानुआटु जाने कार्यक्रम रहेको विश्व साईकल यात्रीहरुले उनीहरुको उद्देश्यमा अगाडि बढ्नको लागि दाजुभाइ तथा दिदिबहिनी र नेपाली संघ-संस्थाबाट सक्दो साथ र सहयोग गर्न अनुरोध गरेका छन् । विश्व साइकल यात्री अजय मिश्र र भगत खत्री लाई सामाजिक सञ्जाल फेसबुक, टिकटक र यूट्यूबमार्फत सम्पर्क गर्न सकिन्छ ।
तस्विर: प्रविन गुरुङ
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...