कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति, पहिलो कार्यकाल ओली प्रधानमन्त्री
काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ । सोमबार राति दुई दलबीच सत्ता सहकार्य गर्ने सहमति भएको हो । मध्यरातमा सत्ता सहकार्यका लागि भएको सहमतिमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गर्नुभएकाे हाे । उनीहरुबीच कुन दलले कति मन्त्रालयले लिने, कुन प्रदेशमा कसले सरकारको नेतृत्वगर्ने र कति समय सरकारको नेतृत्व परिवर्तन गर्ने भन्ने महत्त्वपूर्ण विषयमा सहमति भएको छ । सहमति अनुसार सुरुको ढेड वर्ष एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बन्नेछ । राष्ट्रिय सहमतिका आधारमा ओली नेतृत्वमा सरकार बन्ने सहमतिको मस्यौदा गरेको एमाले निकट स्रोतले बताएको छ । त्यसपछि कांग्रेसको तर्फबाट प्रधानमन्त्री बन्ने सहमतिमा उल्लेख छ ।
ओली नेतृत्वमा बन्ने नयाँ सरकारमा एमालले प्रधानमन्त्री, अर्थमन्त्रीसहित ९ वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छ । भने कांग्रेसको भागमा गृहसहित १० मन्त्रालय परेको छ । सहमति अनुसार अब प्रदेश अन्तर्गत एमालेले कोसी, लुम्बिनी र कर्णालीमा सरकार बनाउने छ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिममा सरकारको नेतृत्व लिनेछ । मधेशमा भने मधेशवादी दललाई नेतृत्व दिने सहमति भएको छ । एमाले र कांग्रेसले संविधान संशोधन गर्ने समेत सहमति बनेको छ । संविधान संशोधन सुझाव समिति बनाएर अगाडि बढ्ने सहमति भएको हो । सहमतिको औपचारिक पत्र भने नेताहरुले सार्वजनिक गर्नुभएकाे छैन ।
अब राष्ट्रतिसँग आवश्यक परामर्श सकेर नयाँ सरकार गठनको टुंगो लाग्ने छ ।यी दुई दलले संविधानको धारा ७६ को उपधारा दुईअनुसार सरकार गठन गर्ने गरी रणनीति बनाएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको समर्थन फिर्ता लिँदा विश्वासको मत लिन एक महिना समय पाउने भएकाले बहुमत सदस्यको हस्ताक्षर गरेर सरकार गठनका लागि मंगलबार राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने कांग्रेस–एमालेको तयारी छ ।
थ
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...