देशव्यापी बाढी–पहिरोः दर्जनौं सडकखण्ड अवरुद्ध, करोडौंको क्षति

काठमाडौं– गत शुक्रवारदेखि सोमवारसम्म भएको अरिवरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण विभिन्न १९ ठाउँका सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् । सडक विभागको रिपोर्ट अनुसार संखुवासभा, लमजुङ, गुल्मी, स्याङ्जा, सिन्धुपाल्चोक, कालिकोट, सिन्धुली, धनकुटा, बागलुङ, डोटी, दाङका विभिन्न सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएका हुन् । यस्तै १ सय १० ठाउँका सडक एकतर्फी रुपमा सञ्चालनमा छन् ।
सडक विभागका अनुसार यो वर्ष मनसुन प्रारम्भ भएदेखि अहिलेसम्म सडक क्षेत्रमा ९८ करोडभन्दा बढीको क्षति भएको छ । बाढी, पहिरो र डुबानले सडक अवरुद्ध हुँदा कतिपय ठाउँमा यात्रु बाटोमै अलपत्र परिरहेका छन् । यो वर्षको मनसुन प्रारम्भ भएयता बाढी, पहिरो लगायतका विपद्मा ७४ जनाको मृत्यु भएको छ । यो अवधिमा गण्डकी प्रदेशमा २२ जना, कोशी र लुम्बिनी प्रदेशमा १८/१८ जना, बागमती, सुदूरपश्चिम र कर्णाली प्रदेशमा ४/४ जना र मधेश प्रदेशमा ३ जनाको मृत्यु भएको छ । विपदमा ५ जना बेपत्ता भएका छन् भने ८८ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदमा परेर अहिलेसम्म दुई हजार दुई सय ९६ परिवार विस्थापित भएका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...