संघीयता खारेजीको माग गर्दै उपप्रधानमन्त्री केसी आन्दोलनमा

-- ?>

सरकारको एक घटक राष्ट्रिय जनमोर्चाले संघीयताले मुलुकको राष्ट्रियता विखण्डनको दिशातर्फ लगेको भन्दै संघीयता खारेजीको माग गर्दै बिहीबारबाट आन्दोलनमा उत्रने भएको छ।

पार्टील बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी गणतन्त्रलाई संस्थागत गर्न र संविधानका सकारात्मक प्रावधानलाई लागु गर्न संघीयता नै बाधक भएको निष्कर्ष निकाल्दै संघीयता खारेजीको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।
शर्माले संघीयताकै कारण मुलुकमा यतिवेला जातीय राज्य र एक मधेश एक प्रदेश, बहुराष्ट्रवाद लगायत विखण्डनकारी नाराले अशान्ति र अराजकताको अवस्था सिर्जना गरेको भन्दै त्यसको खारेजीका लागि आफ्नो पार्टी सडक, सरकार र सदन तीन ठाउँबाटै आन्दोलन गर्ने बताए ।

पार्टीले देश गम्भीर संकटमा घडीमा गएको भन्दै यसलाई बचाउनका लागि देशव्यापी अभियान चलाउन लागेको जानकारी दिएको हो। शर्माले राष्ट्रियताको रक्षा, राष्ट्रघाती अपर कर्णाली सम्झौता, नागरिकता ऐन, महङ्गी, भष्ट्रचार विरुद्ध यही असार २ गतेदेखि १९ गतेसम्म गाँउ र जिल्लास्तरीय कोणसभा गर्ने जानकारी दिए। त्यस्तै पार्टीले असार २० गतेदेखि असार मसान्तसम्म जिल्लास्तरीय सभा एवम कोण सभा गर्ने भएको छ। त्यसैगरी आगामी साउन २ गतेदेखि साउन मसान्तसम्म देशका प्रमुख स्थान र सदरमुकाममा राष्ट्रियताको रक्षा र संघीयताको खारेजी विषयक अन्र्तक्रिया कार्यक्रम गर्ने भएको छ।