अझै भेटिएनन् सिड्नीबाट बेपत्ता भएका नेपाली युवा सुभाष, काठमाडौंमा अष्ट्रेलियाका राजदूतलाई खोजीका लागिआग्रह

काठमाडौं– अष्ट्रेलियाको सिड्नीबाट बेपत्ता भएका नेपाली युवा सुभाष बोलाखेको खोजीका लागि काभ्रेको पाँचखाल नगर प्रमुख महेश खरेलले सक्रियता देखाएका छन् । उनको अगुवाइमा नेपालस्थित अष्ट्रेलियन राजदूतावासमा पुगेर राजदूत फेलिसिटी भोल्कलाई निवेदन बुझाइएको छ ।
गत जुलाई २७ तारिखका दिन अन्तिम पटक बेक्स्ली क्षेत्रमा देखिएका उनलाई प्रहरीले खोजी गरिरहेको छ । परिवारका सदस्यसहित नगर प्रमुखको टोलीले राजदूत वोल्कलाई भेटेर तदारुकताका साथ बोलाखेको खोजी गरिदिन आग्रह गरेको थियो । ‘राजदूतज्यूले सकारात्मक प्रतिक्रिया दिनु भएको छ । नेपालबाट अष्ट्रेलियन सरकारलाई गर्ने पहल गर्छौँ र तुरुन्तै पत्र पठाउँछौं भन्नु भयो । हामी आशावादी छौं,’ मेयर खरेलले भने ।
उक्त अवसरमा नगर प्रमुख खरेलले राजदूत भोल्कलाई सुभाषको कागजातसहित खोजबिनका लागि निवेदन दिएका थिए । औपचारिक भेटघाटलगत्तै दूतावासको सक्रियतामा सिड्नीस्थित प्रहरी निकायले आफ्नो वेबसाइटमा सुभाष हराएको बारे निजको हुलियासहित जानकारी गराउँदै देख्ने–भेट्नेले खबर गर्न आग्रहसमेत गरेको छ । यसैगरी, बोलखे परिवारले पनि सुभाषको खोजबिनमा सहयोग गर्न सिड्नीस्थित नेपाली समुदाय र अन्य सरोकारवाला निकायसँग आग्रह गर्दै आएको छ । न्यू साउथ वेल्स प्रहरीले उनको खोजी भइरहेको जनाए पनि परिवार भने नेपालमा चिन्तित छ ।
१० महिनाअघि अध्ययनका लागि अष्ट्रेलिया पुगेका सुभाष निरन्तर परिवारकै सम्पर्कमा थिए । उनीसँगै बस्दै आएका एक जना साथी विवाहका लागि नेपाल गएको समयमा घटना भएका कारण उनी कसैलाई केही नभनी सम्पर्क बाहिर छन् । २८ वर्षीय सुभाषलाई कोग्रा प्रहरीले सिड्नी सिविडी, कोग्रा, बालमियान, बेक्स्ली क्षेत्रमा आवत जावत गरेका कारण यिनै क्षेत्रमा खोजी अघि बढाएको जनाएको छ । काभ्रेको पाँचखाल नगरपालिका–७ का बोलखे २० दिनदेखि परिवारसँग सम्पर्कविहीन भएपछि नगर प्रमुख खरेलले खोजीका लागि राजदूत भोल्कसँग अनुरोध गरेका हुन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



