नेपालमा टिकटकमाथिको प्रतिवन्ध हट्यो, सुचारु हुन केही समय लाग्ने

काठमाडौं– सरकारले बिहीवार साँझ मन्त्रिपरिषद्को बैठकमार्फत १० महिनाअघि टिकटकमाथि लगाएको प्रतिवन्ध फुकुवा गरेको छ । यद्यपि, टिकटकमा लगाएको प्रतिवन्ध हटाउने निर्णय गरे पनि खुल्न भने अझै केही समय लाग्ने भएको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० कात्तिक २७ गते टिकटकमा लगाएको प्रतिवन्ध बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले हटाउने निर्णय गरेको हो । टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
केपी शर्मा ओली नेतृृत्वको सरकारले नेपालको पर्यटन प्रवर्द्धनसहितका ४ सर्तसहित टिकटक खोल्न दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् । उनका अनुसार टिकटकले सामाजिक सञ्जालको सञ्चालन निर्देशिका, २०८० को दफा ३ अनुसार सामाजिक सञ्जाल सञ्चालनको लागि मन्त्रालयमा सूचीकरण गर्नुपर्ने, सूचिकृत भएको सामाजिक सञ्जालको प्वाइन्ट अफ कन्ट्याक्ट तोक्नुपर्ने सर्त अघि सारेको छ । यस्तै सरकारले पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने, डिजिटल सुरक्षा र साक्षरताको लागि काम गर्नुपर्ने, सार्वजनिक शिक्षामा र आइटीबेस बनाउन सहयोग गर्नुपर्ने, कन्टेन बनाउँदा भाषाको फिल्टरिङ गर्नुपर्ने सर्त राखेको उनले बताए ।
सरकारले राखेका शर्तहरु पूरा गरी दर्ता गरेर आएको दिनदेखि प्रतिवन्ध हटाउने निर्णय भएको सरकारका प्रवक्ता गुरुङले बताए । उनले सामाजिक दुर्भावना, अरूलाई गालीगलौज गर्ने भाषा प्रयोग गर्न नदिने र त्यसमा नियन्त्रण गर्नेगरी समझदारी भएको दिनदेखि प्रतिवन्ध हटाइने बताए । मन्त्री गुरुङले टिकटक जस्तै अरू सामाजिक सञ्जालले पनि अब उप्रान्त प्वाइन्ट अफ कन्ट्याक्न्ट दिनुपर्ने र सरकारले राखेका पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा र साक्षरता लगायतका विषयमा प्रवर्द्धन गर्नेगरी सूचिकृत भएपछि मात्रै सञ्चालन गर्न पाउने बताए ।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण...

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा महिलामा पाठेघरको क्यान्सर भयावह अवस्थामा...

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यानसर निवारणको लागि उपचारात्मक र...

काठमाडौं– आज माघ २१ गते सोमवार, माघ शुक्ल पञ्चर्मी अर्थात वसन्त पञ्चमी...

काठमाडौं– ‘उज्वल छालाको लागि तपाईंँको गन्तव्य’ भन्ने नाराका साथ ललितपुरको युएन पार्कनजिकै...

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण...

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा महिलामा पाठेघरको क्यान्सर भयावह अवस्थामा...

काठमाडौं– इ–प्लानेट नेशनल हाइ स्कूल क्रिकेट च्याम्पियनशीप–२०८१ अन्तर्गत सोमवार भएको काठमाडौं क्वालिफायरर्सको...

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यानसर निवारणको लागि उपचारात्मक र...

काठमाडौं– आज माघ २१ गते सोमवार, माघ शुक्ल पञ्चर्मी अर्थात वसन्त पञ्चमी...