राजकुमारको ‘हरेक पल’ ले मनायो रजत महोत्सव

काठमाडौं– पछिल्लो समय दर्शकमाझ अत्यन्त लोकप्रिय भैरहेको टेलिश्रृंखला हो ‘हरेक पल’ । डि एण्ड डी इन्टरटेन्मेन्ट यूट्युब च्यानलबाट हरेक बिहीवार साँझ ७ बजेदेखि प्रसारणमा आउने यो टेलिश्रृंखलाले भदौ ६ गते अर्थात बिहीवार साँझ प्रसारणको २५ भाग पूरा गर्दै रजत महोत्सव मनाएको छ । यो लोकप्रिय टेलिश्रृंखला सामाजिक विषयवस्तुका साथै चेतनामूलक विषयवस्तु चित्रण गर्दै आइरहेको लोकप्रिय हास्य कलाकार तथा यो श्रृंखलाका निर्माता राजकुमार देवकोटाले बताएका छन् । आफूले निमाण गरेको टेलिश्रृंखलाले २५ औँ श्रृंखलासम्म आइपुग्दा दर्शकबाट अपार माया पाएकोमा खुशी व्यक्त गर्दै निर्माता देवकोटाले आगामी दिनमा समेत दर्शकबाट साथ, समर्थन र माया पाउने आशा गरेका छन् ।
समसामयिक विषयवस्तुमा आधारित टेलिश्रृंखला ‘हरेक पल’ को निर्देशन सुरेन्द्र थापाले गरेका हुन् । यो श्रृंखलामा बेगम नेपाली, राजकुमार देवकोटा, सन्तोष न्यौपाने, सरु दाहाल, सुरेन्द्र थापा, आयुष्मा कार्की, बिनोद परियार, बेगम पुन मंगा, सुदर्शन खतिवडा, मोहन लामा, सुमन पौडेल आदि कलाकारले अभिनय गरेका छन् । यो श्रृंखलामा बाल कलाकारहरु संस्कृति नेपाली तथा समर्पण खतिवडाले पनि अभिनय गरेका छन् । डि एण्ड डी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भैरहेको यो टेलिश्रृंखलामा निर्देशक सुरेन्द्र थापाकै लेखन रहेको छ । रविन्द्र खड्काको सम्पादन तथा कलर ग्रेडिङ रहेको यो श्रृंखलाका छायांकार ज्ञान कुमार कट्टेल हुन् । श्रृंखलामा सञ्जय श्रीपालको शब्द तथा संगीतमा तयार भएको गीतमा गोविन्द मधुर आचार्य तथा बीना भट्टराईको स्वर सुन्न सकिन्छ ।
‘हरेक पल’ का कलाकार तथा निर्माता राजकुमार देवकोटाले हास्य टेलिश्रृंखला ‘झुयाईँ कुटी झ्याईँ’ तथा ‘हर्के हल्दार’ मा शसक्त अभिनय गर्दै आफ्नो अभिनय यात्रा प्रारम्भ गरेका थिए । त्यसपछि उनी आफैंले निर्माण गरेको टेलिश्रृंखला ‘रिसानी माफ’ मा उनी हिराकाजीको भूमिका निर्वाह गरेर दर्शकमाझ स्थापित भए । अहिले उनी ‘गाह्रो छ हो’ शीर्षकको टेलिश्रृंखलामा पनि व्यस्त छन्, जसमा उनले टिकारामको भूमिका निर्वाह गरेका छन् । ‘अभिनय र निर्माणको क्रममा हासिल गरेको अनुभवहरुका आधारमा अहिले ‘हरेक पल’ शीर्षकको टेलिश्रृंखला तयार पारिरहेका छौं’, कलाकार तथा निर्माता देवकोटाले आफ्नो श्रृंखलाले २५ भागसम्म आइपुग्दा नै दर्शकबाट पाएको अपार मायालाई हार्दिकताका साथ ग्रहण गरेका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



