बङ्गलादेश पहिलो पटक साफ अण्डर ट्वान्टी च्याम्पियनसिपको उपाधि जित्न सफल
काठमाडौं– घरेलु टोली नेपाल बुधवार बंगलादेशसँग ४–१ ले पराजित हुँदा साफ यु–२० च्याम्पियनसिपको उपाधिविहीन बनेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सम्पन्न फाइनलमा बंगलादेशले घरेलु टोलीको खराब डिफेन्सको फाइदा उठाउँदै सहज जित निकाल्यो । बंगलादेशका लागि मिराजुल इस्लामले दुई, रब्बी हुसेन राहुल र पिएस नोभाले समान एक गोल गरे । समीर तामाङले एक गोल फर्काए । पहिलो हाफमा एक गोल गरेको बंगलादेशले दोस्रो हाफमा तीन गोल थप्यो । नेपालले दोस्रो हाफमा एक गोल फर्काए पनि हार टार्न सकेन । गत संस्करण भारतसँग फाइनलमा हार ब्यहोरेको बंगलादेश यसपल्ट भने सफल भयो ।
नेपालले पहिलो हाफमा राम्रो अवसर सिर्जना गर्दै दबदबा बनाए पनि गोल गर्न सकेन । दोस्रो हाफमा पनि खराब डिफेन्स गरेसँगै सहजै नतिजा सुम्पियो । त्यसअघि खेलको नवौं मिनेटमा नीराजन धामीको सशक्त प्रहार बंगलादेशका गोलकिपर मोहम्मद आसिफले मुस्किलले बचाए । करिब ३५ यार्ड टाढाबाट नीराजनले गरेको प्रहार रोक्दै आसिफले बंगलादेशको संकट टारे । फेरि १३औं मिनेटमा नीराजनको अर्को प्रहार सफल हुन सकेन । लामो दूरीबाटै नीराजनको प्रहार आसिफले पन्च गरेका हुन् ।
बंगलादेशले पनि २३औं मिनेट गोल गर्ने अवसर गुमायो । कर्नरबाट प्राप्त बलमा पिएय नोभाको हेडर बारमाथि बाहिरिन पुग्यो । २८औं मिनेटमा सीमान्त थापाको फ्रिकिक प्रहार सही दिशामा बस्न सकेन । करिब २० यार्डबाट उनले बंगलादेशका गोलकिपरका लागि चुनौती दिन सकेनन् । त्यसको दुई मिनेटपछि नीराजनको महत्वाकांक्षी प्रहार पहिलो बारनजिकै बाट बाहिरिन पुग्यो । पहिलो हाफको थप समयमा प्राप्त फ्रिकिकमार्फत बंगलादेशले अग्रता लियो । नीरज कार्कीले पेनाल्टी बक्सभन्दा केही बाहिर मिराजुल इस्लामलाई लडाएपछि बंगलादेशले फ्रिकिक पायो ।
सो अवसरमा मिराजुलले दोस्रो बार च्याप्दै गरेको उत्कृष्ट फ्रिकिक गोलमा परिणत भयो । नेपालका गोलकिपर जियारथ शेखँसँग उनको प्रहार रोक्ने जवाफ नै थिएन । त्यससँगै पहिलो हाफमा बंगलादेश १–० ले अगाडि रह्यो । ५३औं मिनेटमा नीराजनले खेलमा फर्कने सुन्दर सदुपयोग गर्न सकेन । तर, त्यसको एक मिनेटमै बंगलादेशले अर्को गोल गर्यो । नेपालका खराब डिफेन्सको फाइदा उठाउँदै बंगलादेशले अग्रता दोब्बर बनायो । असदुल इस्लामको क्रस असदुल मोल्लाले हेडर पास अनमार्क मिराजुलले खाली पोस्टमा गोल गरे ।
नेपालको खराब डिफेन्सको फाइदा लिँदै बंगलादेशले तेस्रो गोल गर्यो । ७१औं मिनेटमा मिराजुल र रब्बी हुसेनबीचको वान टु वान पास खेल्दै गोल गरेका हुन् । घरेलु टोली डिफेन्डरले राम्रोसँग मार्क गर्न नसक्दा रब्बी हुसेनले उत्कृष्ट गोल गरे । यससँगै बंगलादेश ३–० ले अगाडि रह्यो । यद्दपि, खेलमा फर्कन संघर्ष गरिरहेको नेपालले ८०औं मिनेटमा गोल फर्कायो । बंगलादेशका गोलकिपर आसिफ अगाडि बढेको अवस्थामा समीर तामाङले खाली पोस्टमा गोल गरे ।
राम थापाको लामो क्रस बल रोक्ने क्रममा आसिफ अगाडि बढेको अवस्थामा समीरले हेड गोल गरेका हुन् । यो गोलसँगै नेपालले खेलमा फर्कन लगातार आक्रमण बुन्यो । दोस्रो गोल गर्न नेपालले एकपछि अर्को अवसर सिर्जना गरे पनि सफला पाउन सकेन । यद्यपि, नेपालले उल्टै गोल बेहोर्न पुग्यो । इन्जुरी समयमा बंगलादेशले घरेलु टोलीको फितलो डिफेन्सको फाइदा लिँदै चौथो गोल गर्यो ।
चार डिफेन्डरलाई बिट गर्दै रब्बी हुसेनले दिएको कट पासमा पेनाल्टी बक्समा अनमार्क पिएस नोभाले सहज गोल गर्दै बंगलादेशलाई ४–१ ले अगाडि बढाए । यससँगै बंगलादेश पहिलोपल्ट साफको उमेरसमूहमा उपाधि उचाल्यो । व्यक्तिगत पुरस्कारमा बंगलादेशको वर्चस्व रह्यो । बेस्ट गोलकिपर मोहम्मद आसिफ तथा मिराजुल इस्लामले भ्यालुएबल प्लेयर र सर्वाधिक गोलकर्ताको ट्रफी पाए । प्रतियोगिताका विजेतालाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले पुरस्कृत गरे ।
काठमाडौं– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि प्रारम्भ हुने सोह्र श्राद्ध अर्थात् पितृ...
काठमाडौं– प्रत्येक वर्ष झैँ आज आश्विन सङ्क्रान्तिका दिन अर्थात आज असोज १...
काठमाडौं- अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अष्ट्रेलियामा २०८१ असोज २७ गते (२०२४...
काठमाडौं- सरकारले अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवलाई सिफारिस गरेको छ । सोमवार बसेको...
सिड्नी– हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको उल्लास नेपालमा मात्र होइन, डायस्पोरामा...
Site Officiel Aviator Casino Jouez Démo Gratuite + Bonus Content Est-il Facile De Gagner À...
Glory Casino Online Kayıt: Yeni Oyuncular Için 300$ Ilk Giriş Bonusu” “Beauty Casino:...
American Airlines Aadvantage® Aviator® Silver Mastercard® Apply For The Aadvantage® Aviator® Red Entire...
1win Paris Sportifs Et Casino En Ligne Bonus 500% Casino 1win: Jeux Et...
1win Paris Sportifs Et Casino En Ligne Bonus 500% Casino 1win: Jeux Et...