एसएलसीको परिणाम सार्वजनिक
काठमाडौं– परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७२ सालको प्रवेशिका अर्थात एसएलसी परीक्षाको नतिजा आज बिहिबार दिउँसो सार्वजनिक गरेको छ ।
परीक्षामा ५ लाख ८८ हजार एक सय ५२ जना सहभागि भएका थिए । नियमिततर्फ सहभागि चार लाख ३७ हजार तीन सय २६ सहभागि भएका थिए भने
एकजामटेडतर्फ १ लाख ५० हजार ८ सय २६ सहभागि भएका थिए ।
सार्वजनिक नतिजाअनुसार नियमिततर्फ ३.६ देखि ४ जीपीए ल्याउने १६ हजार ४ सय ४५ जना रहेका छन् । ३.२ देखि ३.६ जीपीए ल्याउने ४१ जार ५ सय ७७ जना रहेका छन् । २.८ देखि ३.२ जीपीए ल्याउने ६३ हजार १ सय ८१ जना रहेका छन् । २.४ देखि २.८ जीपीए ल्याउने १६ हजार ४ सय ४५ जना रहेका छन् । २.० देखि २.४ जीपीए ल्याउने ९४ हजार ७ सय १६ जना रहेका छन् । १.६ देखि २.० जीपीए ल्याउने १ लाख हजार ४ ७७ जना रहेका छन् । १.२ देखि १.६ जीपीए ल्याउने ५६ हजार ७ सय ६३ जना रहेका छन् । ०.८ देखि १.२ ल्याउने ८ हजार ०.० देखि ०.८ ल्याउने ११ जना रहेका छन् ।
ग्रेडिङ प्रणालीमार्फत सार्वजनिक नतिजामा कोहि विद्यार्थी फेल भएका छैनन् । एसएलसी सुरुवातको ८२ वर्षपछि पहिलो पटक कोही फेल नहुनेगरी परीक्षाको नतिजा सार्वजनिक भएको हो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार विभिन्न नौ ग्रेडिङमा परीक्षाफल प्रकाशन गरिएको छ । कार्यालयका अनुसार ९० देखि १०० प्रतिशत ल्याउने ‘ए प्लस’, ८० देखि ९० प्रतिशत ‘ए’, ७० देखि ८० प्रतिशत ‘बी प्लस’, ६० देखि ७० प्रतिशत ‘बी’, ५० देखि ६० प्रतिशत ‘सी प्लस’,४० देखि ५० प्रतिशत ‘सी’, ३० देखि ४० ‘डी’ प्लस, २० देखि ३० ‘डी’ र १० देखि २० प्रतिशत ल्याउनेलाई ‘इ’ ग्रेडिङमा राखिएको छ ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...