एसएलसीको परिणाम सार्वजनिक

काठमाडौं– परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७२ सालको प्रवेशिका अर्थात एसएलसी परीक्षाको नतिजा आज बिहिबार दिउँसो सार्वजनिक गरेको छ ।
परीक्षामा ५ लाख ८८ हजार एक सय ५२ जना सहभागि भएका थिए । नियमिततर्फ सहभागि चार लाख ३७ हजार तीन सय २६ सहभागि भएका थिए भने
एकजामटेडतर्फ १ लाख ५० हजार ८ सय २६ सहभागि भएका थिए ।
सार्वजनिक नतिजाअनुसार नियमिततर्फ ३.६ देखि ४ जीपीए ल्याउने १६ हजार ४ सय ४५ जना रहेका छन् । ३.२ देखि ३.६ जीपीए ल्याउने ४१ जार ५ सय ७७ जना रहेका छन् । २.८ देखि ३.२ जीपीए ल्याउने ६३ हजार १ सय ८१ जना रहेका छन् । २.४ देखि २.८ जीपीए ल्याउने १६ हजार ४ सय ४५ जना रहेका छन् । २.० देखि २.४ जीपीए ल्याउने ९४ हजार ७ सय १६ जना रहेका छन् । १.६ देखि २.० जीपीए ल्याउने १ लाख हजार ४ ७७ जना रहेका छन् । १.२ देखि १.६ जीपीए ल्याउने ५६ हजार ७ सय ६३ जना रहेका छन् । ०.८ देखि १.२ ल्याउने ८ हजार ०.० देखि ०.८ ल्याउने ११ जना रहेका छन् ।
ग्रेडिङ प्रणालीमार्फत सार्वजनिक नतिजामा कोहि विद्यार्थी फेल भएका छैनन् । एसएलसी सुरुवातको ८२ वर्षपछि पहिलो पटक कोही फेल नहुनेगरी परीक्षाको नतिजा सार्वजनिक भएको हो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार विभिन्न नौ ग्रेडिङमा परीक्षाफल प्रकाशन गरिएको छ । कार्यालयका अनुसार ९० देखि १०० प्रतिशत ल्याउने ‘ए प्लस’, ८० देखि ९० प्रतिशत ‘ए’, ७० देखि ८० प्रतिशत ‘बी प्लस’, ६० देखि ७० प्रतिशत ‘बी’, ५० देखि ६० प्रतिशत ‘सी प्लस’,४० देखि ५० प्रतिशत ‘सी’, ३० देखि ४० ‘डी’ प्लस, २० देखि ३० ‘डी’ र १० देखि २० प्रतिशत ल्याउनेलाई ‘इ’ ग्रेडिङमा राखिएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...