सिड्नीमा तीज महोत्सव २०२४ हुदै

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, भदौ १८, २०८१

सिड्नी, अष्ट्रेलिया / हिन्दु नारीहरुको महान पर्ब तीज नजिकिदै गर्दा परदेशमा बिबिध कार्यक्रम आयोजना भएका छन् । यहि मध्ये तीज कै दिन पारेर नेपाली हिन्दु समाज अष्ट्रेलियाले ल्याण्ड एण्ड लिज रियालिटीको मुख्य प्रयोजन एबं  यहाँ रहेका एनआरएनए अष्ट्रेलिया लगाएतका सामाजिक र ब्यपारिक संघ-संस्थाहरु को सहकार्यमा  “तीज महोत्सव २०२४” को आयोजना गर्दैछ । ६ सेप्टेम्बर २०२४ शुक्रबार तीज पर्वकै दिन पारि वरउड पार्कमा ऐतिहासिक तीज महोत्सव हुन लागेको नेपाली हिन्दु समाज अष्ट्रेलियाकी अध्यक्ष लक्ष्मि बस्ताकोटीले बताएकी छन्।
समस्त नेपालीहरु को आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरबाट निक्कै टाढा रहेर पनि भक्तजन र ब्रातालुहरु लाई पशुपतिमै पूजा गरे जस्तो महशूस गराउने हेतुले वरउड पार्कमा पशुपतिनाथको मूर्ति प्रतिस्थापना गरी पूजा गर्ने अबसर प्रदान गर्न लागिएको छ । बिहान ८ बजेदेखी राती ८ बजेसम्म श्रद्दालु भक्तजनहरु का लागि पूजा आराधना, मेला तथा सांगीतिक मनोरन्जनात्मक तीजमय कार्यक्रमको आयोजना गरिएको कुरा सांस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रमको संयोजन उषा किरण बारियाले बताईन ।
तीज महोत्सवमा वैदिक पूजा र पशुपतिनाथ गंगा आरति ब्यवस्थापनको निमित्त नेपालका सबै जिल्लाहरुमा शिव साधना गरि संसारकै अग्लो शिव त्रिशूल निर्माण एवं कोटिहोम गरि कालाग्नि रुद्र पिठ लड्केश्वर धामकोको कृपा प्रसाद सहित नेपालबाट पीठाधीश शिवसाधक मुकुन्द गुरु “सकारात्मक उर्जा बोकी समुहमा जुटौं । सिड्नीमा हुने नेपालीहरु कोहि नछुटौं ” भन्ने संदेश बोकेर सिड्नी आईसक्नुभएको आयोजकले जनाएको छ ।
भक्तजनहरुलाई सहजता होस भनि शिवको पुजाका निमित्त आवस्यक फलफुल, पुष्प, वेलपत्र, दुध, सौभाग्य साथै अन्य पूजा सामाग्रीहरु समेत कार्यक्रम स्थलमा उपलब्ध हुनेछ । यसै गरि विद्वत गुरुहरुबाट बिहान ९:३० बजेबाट शिव पूजा सुरु भइ गौदान,रुद्राभिषेक, शिव अर्चना, ब्रतपुजा, मध्यान्ह आरती, विविध सांस्कृतिक कार्यक्रमहरु गरि साँझको आरती पछी महोत्सव समापन हुनेछ ।
दिनभरिनै कार्यक्रममा सहभागिता जनाउनुहुने भक्तजन एवं कार्यक्रममा आर्थिक सहयोग गर्नुहुने सहयोगी संस्थाका प्रतिनिधिहरुलाई कालाग्नि रुद्र पीठको तर्फबाट कोटिहोमको प्रसाद एवं आयोजकबाट मायाको चिनो प्रदान गर्ने कार्यक्रम रहेको छ । शिव आराधना चल्दै गर्दा दिउसो १ बजेदेखी तीज बिशेष सांस्कृतिक कार्यक्रम पनि सन्चालन हुनेछ । नेपालबाट आउनु भएको लोकप्रिय कलाकारहरु सिन्धु मल्ल, स्वस्तिका ढकाल र रुबिना अधिकारी तथा स्थानीय कलाकरहरुको बेजोड प्रस्तुती, नेपालका विभिन्न समुदायमा हुने शाकाहारी परिकारहरु, आकर्षक उपहार सहित लक्कि ड्र एवं साँझमा जयकारा सहित फायरवर्क्स (आतासवादी) समेत महोत्सवका मुख्य आकर्षण रहने नेपाली हिन्दु समाज अष्ट्रेलिया परिवारले जनाएको छ।
यस पटक नेपाली मौलिक सांस्कृतिक धरोहर (मन्दिर) नभएकोले लामो समयदेखि नेपाली मौलिकता जोगाउन यस्तै कार्यक्रम गर्दै हिन्दु समाज अष्ट्रेलिया परिवार प्रयासरत रहेकोमा अबभने बहुआयामिक मौलिकताको नेपाली मन्दिर निर्माण गर्न सबै नेपालीहरु Greater Sydney Nepalese Multicultural Centre (GSNMC) को अभियानमा सबै जुटुन भन्नको लागि पनि यो साधना सहितको महोत्सव हुनलागेको बताउदै पंडित प्रकास ढोडारीले महोत्सव सफलबनाउनका लागि सबै नेपालीहरु लाई निमन्त्रणा गर्नुभएको छ।