निरौलाको खनीज प्रदुषण अनुसन्धान उत्कृष्ट
-- The NTA ?>
साउथ अष्ट्रेलियाको एडिलेड स्थित युनिभर्सिटी अफ साउथ अष्ट्रेलियामा नेपाली युवा रामकृष्ण निरौलाले खनीज पदार्थले मानिसहरुमा पारिरहेको प्रदुषण र यसको नियन्त्रणका लागि गर्न सकिने उपायहरुका बारेमा गरेको अनुसन्धान उत्कृष्ट बनेको छ ।
उक्त युनिभर्सिटीमा वातावरण बिज्ञान अध्ययन गरिरहेका झापा दमकका रामकृष्ण निरौलाले खनीज पदार्थहरुबाट निस्कने फोहोरले मानव जीवनमा पार्ने असर र यसको नियन्त्रण सम्बन्धि करिब ३ बर्ष लगाएर उक्त अनुसन्धान गरेका थिए । निरौलाले दिएको जानकारी अनुसार अनुसन्धानका क्रममा बिभिन्न विरुवा, गडौला र खरायो लगायतका जनावारहरुमा यसको अनुसन्धान गरिएको थियो ।
धेरै खनीज खानी भएको अष्ट्रेलियाका बिभिन्न क्षेत्रहरुमा गरिएको अनुसन्धानबाट खनीज पदार्थ निकालिएको वा फोहोर फ्याकिएको स्थानबाट उम्रिएका वनस्पति मार्फत उक्त प्रदुषण मानव शरिरमा नै पुन प्रवेश गर्ने उनको अनुसन्धानले तथ्य निकालेको छ ।
निरौलाले यहाँ पाउने वनस्पति ‘अकेसिया’ ले खनिज पदार्थ निकालिएको स्थानस्थानबाट निस्कने प्रदुशषणलाई आफुसँगै जमीनमुनि गाडेर राख्ने र वातावरण प्रदुषणलाई पुन मानिसको शरिरमा प्रवेश गर्न नदिने सत्यता आफ्नो अनुसन्धान मार्फत पत्ता लगाएका हुन् । उनका अनुसार यस बारेमा विगत लामो समयदेखि अनुसन्धान भएपनि यो आफ्नो तथ्यले खनिज निकालिने स्थान र फोहोर फ्याकिने स्थानमा उक्त वनस्पति लगाउन सकियो भने यसले वातावरण प्रदुषण हुन नदिनुका साथै उक्त प्रदुषण मानवचक्रमा प्रवेश गर्न पाउदैन् । उनले निकालेको तथ्यबाट भविश्यमा यस कारणबाट हुने प्रदुषण नियन्त्रणमा महत्वपुर्ण भुमिका खेल्न सक्नेछ ।
साउथ अष्ट्रेलियाको एडिलेडमा एक कार्यक्रमको आयोजना गरि करिब १ सय अनुसन्धानपत्रमध्येबाट उत्कृष्ट मानिएका उनी सहित अन्य नौ जना अनुसन्धानकर्ताहरुको अनुसन्धानहरु सार्वजनिक गरिएको थियो । स्वास्थ्य, बिज्ञान लगायतका बिभिन्न शिर्षकमा फ्ल्ण्डिर्स युनिभर्सिटी, एडिलेड युनिभर्सिटी, युनिभर्सिटी अफ साउथ अष्ट्रेलिया र नीजी तवरको एक गरि १० जनाको अनुसन्धानपत्र उत्कृष्ट ठहरिएका छन् ।