तीन वर्षसम्म नेपाली फिल्ममा काम गर्छु – अर्चना पनेरु, नायिका
नेपाली फिल्म क्षेत्रमा यतिबेला एउटी नयाँ अनुहार चर्चा तथा विवादमा आइरहेकी छिन् । उनी हुन् अर्चना पनेरु । वास्तवमा उनी आफ्ना उत्तेजक भनाइका कारण विवाद तथा चर्चामा आइरहन्छिन् । उनको सबैभन्दा विवादास्पद भनाइ ‘म भविष्यमा पोर्नस्टार बन्न चाहान्छु’ भन्नु नै रहेको छ । नांगा तथा उत्तेजक फोटो खिच्दै आपत्तिजनक अभिव्यक्ति दिए पनि उनले आजसम्म पोर्न फिल्ममा अभिनय गरेकी छैनन् । नेपालमा कुनै पनि महिला कलाकारले आजसम्म पोर्न फिल्ममा अभिनय गर्ने बारेमा बोल्नु त के सोच्न समेत सक्दैनन् । यस्तो अवस्थामा अर्चनाको उक्त भनाइ विवादमा मात्र परेन, त्यही अभिव्यक्तिका कारण उनले केही दिन प्रहरी हिरासतमै बिताउनु पर्यो । भविष्यमा त्यस्तो अभिव्यक्ति नदिने लिखित हस्ताक्षर गरेपछि हिरासत मुक्त भएकी अर्चनाले यो बीचमा दुई वटा नेपाली फिल्ममा अभिनय गरेकी छिन् । राजु गिरीको ‘जिस्म’ तथा राजन कार्कीको ‘छेस्को’ अर्चनाले अभिनय गरेका नेपाली फिल्महरू हुन् । यी दुई फिल्ममा उनलाई निर्देश्ँकहरूले उत्तेजक शैलीमा प्रस्तुत गरेका छन् । अर्चनाको उत्तजेक भूमिका तथा चरित्रका कारण यी दुबै फिल्मलाई नेपालको फिल्म सेन्सर बोर्डले आपत्ति जनाउन सक्ने सम्भावना छ । यसबीच अर्चनासँग द नेपाली टाइम्स अष्ट्रेलियाका नेपाल प्रतिनिधि कृष्ण भट्टराईको हट टक :
चर्चामा आउनका लागि नांगिनै पर्छ र ?
चर्चामा आउन केही फरक गर्नै पर्ने रहेछ । मैले पनि न्यूड फोटोसेसन गरेपछि मात्र चर्चा पाएँ । मलाई यो कुरामा पछुतो छैन ।
पोर्न फिल्ममा अभिनय गरेर पोर्नस्टार बन्ने रहर व्यक्त गर्दा असजिलो महसुस भएन ?
मैले अहिलेसम्म आफ्नो भविष्यको योजना मात्र सार्वजनिक गरेकी हुँ । योजना सार्वजनिक गर्नका लागि मैले असजिलो मान्नु पर्ने कारण नै छैन ।
तर अभिनय गर्नका लागि त नेपाली नै फिल्म रोज्नु भयो नि ?
हो, मैले ‘जिस्म’ तथा ‘छेस्को’ शीर्षकका दुई नेपाली फिल्ममा अभिनय गरेकी छु । म अझै तीन वर्ष नेपाली फिल्ममा अभिनय गरिरहने छु । त्यसपछिमात्र म पोर्नस्टार बन्न विदेश जानेछु । मेरो भविष्यको लक्ष्य नै पोर्न स्टार बन्नु हो ।
पोर्नस्टार नै बन्ने रहर कसरी पलायो ?
सन्नी लियोनीका पोर्न फिल्महरू हेरेपछि मलाई पनि त्यस्तै बन्ने रहर पलाएको हो ।
नेपालमा बसेर त पोर्नस्टार बन्न सम्भव छैन नि ?
नेपालमा त यो सम्भव छैन, तर विदेशमा गएर भए पनि आफ्नो इच्छा पूरा गरेरै छोड्छु ।
त्यसो भए दर्शकले तपाईंलाई पोर्न स्टारको रुपमा देख्न पाउने निश्चित छ ?
शत प्रतिशत निश्चित छ तर त्यसका लागि केही वर्ष कुर्नु पर्छ ।
तपाईंले अभिनय गरेका दुई नेपाली फिल्म चाहिं कस्तो बनेका छन् ?
कथावस्तु अनुसार राम्रो बनेका छन् । मैले यी दुबै फिल्ममा केन्द्रिय भूमिका निर्वाह गरेकी छु ।
तपाईंका अभिव्यक्ति तथा कामले विवाह नहोला जस्तो लाग्दैन ?
मेलै विवाहका बारेमा हालसम्म केही पनि सोचेकी छैन । नढाँटी भन्नु पर्दा मलाई विवाह नै गर्नु छैन ।
प्रेम त गर्नु भएको होला नि ?
हालसम्म मैले तीन जना युवकसंग प्रेम गरें । उनीहरूले मलाई मन पराएका थिए तर मेरो पोर्नस्टार बन्ने कुरा सुनेपछि हाम्रो प्रेम सम्बन्ध टुक्रियो ।
अब चाहिं प्रेम गर्ने कि नगर्ने ?
अब त म कसैसंग प्रेम नै गर्दिन ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...