नेपालीहरूको विदेश जाने क्रम अझै नरोकिएकोमा तपाईंलाई कस्तो लाग्छ ?

यूरोप, अमेरिका तथा अष्ट्रेलिया नेपाली युवाका लागि सपनाका देशहरू हुन् । नेपालमा प्लस टु उत्तिर्ण गरेका अधिकांश युवा–युवतीहरू उच्च शिक्षाका लागि यी देश जान लालायीत देखिन्छन् । खाडी मुलुकसहित कोरिया तथा जापानमा गएर काम गरेर धेरै धन आर्जन गर्ने चाहाना पनि अधिकांश नेपालीको हुन्छ । अहिले पनि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने हो भने विदेश जान लामबद्ध युवा–युवतीको संख्या प्रसस्त देखिन्छ । यही प्रसंगलाई आधार बनाउँदै द नेपाली टाइम्स अष्ट्रेलियाका नेपाल प्रतिनिधि कृष्ण भट्टराईले केही सेलिब्रेटीहरूलाई नेपालीहरूको विदेश जाने क्रम अझै नरोकिनुलाई कसरी हेर्नु भएको छ भन्ने जिज्ञासा राखेका छन् । उनीहरूको जवाफ जस्ताको तस्तै :
१्. एनी कुँवर, नायिका
मलाई त दु:ख लाग्छ । आफ्नो देश छाडेर जाने रहर कसैमा हुँदैन, तर हाम्रो देशको वर्तमान अवस्था देखेरै मानिसहरू बाहिर जान बाध्य भएका हुन् । देशले पनि मानिसहरूको इच्छाअनुरूप तालिमको अवसर जुटाएर आफ्नै देशमा काम गर्ने अवस्था सिर्जना गर्नु पर्छ ।
२्. उदेश श्रेष्ठ, गायक
अत्यन्तै दु:ख लाग्छ, देशका कर्णधारहरू यसरी आफ्नो मातृभूमि छाडेर विकसित देशलाई अझ बढी विकासतर्फ अघि बढाउन हातेमालो गरेको देख्दा । वास्तवमा त्यो परिश्रम, त्यो देन र रोजगारीको अवसर देशमै सिर्जना गर्न सके आज हाम्रो देश पनि कुनै विकसित देशहरूभन्दा कम हुने थिएन ।
३्. हेमन्त गौतम, टेलिभिजनकर्मी
मैले यसका लागि तीन वटा कारणहरू देखेको छु, ती हुन् — रहर, लहड तथा बाध्यता ।
४. सुरक्षा पन्त, नायिका
एकदम मन दुख्छ । मलाई त विदेश एउटा बन्दकोठा सरह लाग्छ, जहाँ हामी जे काम गर्न पनि लाज मान्दैनौं अनि देशको खुला चौर, जहाँ काम गर्न हामी लाज मान्छौं । अवसर आफैंले सिर्जना गर्न‘पर्ने हो, अरूको मुख ताकेर बसे कहिल्यै अवसरको ढोका खुल्दैन । म यहाँका हरेक मुहारमा आँट र विश्वासको कमी देख्छु ।
५्. उत्तम थापा युडी, गायक
नेपाली युवाहरू विदेशी भूमिमा आफ्नो श्रम तथा पसिना बेच्न बाध्य भएको देख्दा दु:ख लाग्छ । धिक्कार भन्न मन लाग्छ ती देश हाँक्ने नेताहरूलाई, जो विदेसिएका युवाहरूले पठाएको रेमिट्यान्सबाट देश चलाउन खोज्छन् ।
६्. सुरबीना कार्की, नायिका
विदेश जानु नराम्रो होइन, तर विदेशमा सिकेका कुरा देशमा उपयोग हुने वातावरण नहुँदा चाहिं असाध्यै दु:ख लाग्छ ।
७. पवित्रा आचार्य, नायिका
विदेश त जानुपर्छ नि, विदेश गएर आएपछि त्यो सिप देश विकासमा प्रयोग हुन्छ । देशको मुहार फेरिन्छ । यद्यपि विदेश गएपछि स्वदेश नफर्किने परम्परा विकसित नभएको देख्दा दु:ख लाग्छ ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...