पारित हुँदैछ संसद नियमावली

काठमाडौं— संसदीय सुनुवाई समितिको सभापति सहित ६ सदस्य प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिने सहमतिपछि संसद नियमावली पारित हुने भएको छ । नयाँ संविधान अनुरुपको १५ सदस्यीय सुनुवाई समिति गठन गर्न अस्वीकार गर्दै आएको कांग्रेसले सुनुवाई समितिमा सभापति सहित ६ सदस्य आफूले पाउने शर्तमा संसद नियमावली अघि बढाउन सहमत भएको हो ।
हिजो शनिवार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संसद नियमावलीको अवरोध हटाउने विषयमा छलफल भए लगत्तै आइतबार बिहान प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रबीच यस विषयमा छलफल भएको थियो ।
आज बिहानको तीन दलको छलफलपछि आइतबार ११ बजे बसेको संसदको बैठकमा संसद नियमावली मस्यौदा समितिका सभापति राधेश्याम अधिकारीले दफावार छलफलका लागि नियमावली प्रस्तुत गर्नु भएको थियो । नियमावलीमा परेका ६ वटा संशोधन प्रस्तावकर्ता सांसदहरुलाई आ–आफ्नो प्रस्थावमाथि बोल्न दिइएपछि सबै प्रस्तावहरु निर्णयार्थ संसद समक्ष प्रस्तुत हुनेछन् । संशोधन प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गरेपछि अधिकारीले प्रस्तुत गर्नु भएको मस्यौदालाई निर्णयार्थ प्रस्तुत गरी आजै संसद नियमावली पारित गरिने भएको हो ।
नयाँ संविधानले १५ सदस्यीय सुनुवाई समितिको ब्यवस्था गरे पनि कांग्रेसले त्यस विपरित ७५ सदस्यीय सुनुवाई समिति बनाउनु पर्ने जिकिर गर्दै आएको थियो । नियमावली पारित नगर्दा विभिन्न देशका लागि नियुक्त भएका राजदूत र प्रधानन्यायाधीश सहितका न्यायाधीशहरुको सुनुवाई हुन सकेको छैन । जसले गर्दा सर्बाेच्च अदालतको नेतृत्व कामु प्रधानन्यायाधीशबाट हुँदै आएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...