काबुलमा आत्मघाती विस्फोट, ज्यान गुमाउने सबै नेपाली

अफगानिस्तान— अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती विस्फोट हुँदा १४ जना नेपालीको ज्यान गएको छ । आज सोमबार बिहान काबुलमा भएको बिस्फोटमा परि ज्यान जाने सबै नेपाली रहेको अफगानिस्तानको गृह मन्त्रालयले पुष्टी गरेको छ । नेपाली सुरक्षा गार्ड चढेको मिनी बसमा आत्मघाती आक्रमणकारीले बिस्फोट गराएका हुन् । घटनामा ९ जना घाइते भएका छन् । घाइते हुनेमा पाँच जना नेपाली र चार जना अफगानिस्तानका नागरिक रहेको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । घाइतेलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ । हिँडेर आएका आक्रमणकारीले बसमा विस्फोट गएको हो । नेपाली सुरक्षागार्ड बोकेको बसमा बिस्फोट भएको हो । बस काबुलको पूर्वी शहर जलालाबाद जाँदै थियो । तालिबानका प्रवक्ताले आक्रमणमा आफूहरुको हात रहेको बताएका छन् ।
यता काठमाडौंस्थित परराष्ट्र मन्त्रालयलले भने यस बारेमा बुझ्ने प्रयास भइरहेको जनाएको छ । अफगानिस्तानमा दूतावास नरहेकाले पाकिस्तानको इस्लामाबादमा रहेको दूतावास मार्फत घटनाका बारेमा बुझ्ने प्रयास भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले बताएका छन् ।
यसैबीच, अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती आक्रमणमा मारिएका १२ नेपालीको पहिचान खुलेको छ । परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरेर अहिलेसम्म १२ नेपालीको मृत्यु भएको पुष्टि भएको जनाएको छ ।
विष्फोटमा परी निधन हुने नेपालीहरुको नामावली
अकुल तामाङ, सुनसरी
चन्द्रबहादुर रानामगर, काठमाडौं
हरिबहादुर बडवाल क्षेत्री, काठमाडौं
विदुरबहादुर सुवेदी क्षेत्री, काठमाडौं
अमृतबहादुर थापा, लमजुङ
सुपबहादुर गुरुङ, स्याङ्जा
डम्बरबहादुर तामाङ, नुवाकोट
मधुसुदन कोइराला, नुवाकोट
लिलबहादुर गुरुङ, नुवाकोट
नवीनसिंह क्षेत्री, पर्वत
कृष्णबहादुर ढुंगाना, चितवन
जितेन्द्रसिंह थापा, बुटवल
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...