आज मनाइयो दुई दिवस

काठमाडौं— आज जून २१ । आज नेपाल लगायत विश्वभरी नै दुई भिन्न दिवस मनाइएका छन् । आज एकातिर अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ भने अर्कोतिर विश्व संगीत दिवस समेत मनाइएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा गत वर्षदेखि जुन २१ का दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । विश्वमा शान्ति एकता र सद्भावका कायम गर्नका लागि योग दिवसको आयोजना गरिएको राष्ट्रसंघले जनाएको छ ।
दिवसको अवसरमा काठमाडौंस्थित नारायणहीटी संग्राहलयको दक्षिणी क्षेत्रमा आयोजित विशेष कार्यक्रमको विहान ८ बजे प्रधानमन्त्री केप ओलीले उद्घाटन गर्नु भयो । नेपाललाई विश्वसामु अध्यात्म र योग भूमिको रुपमा चिनाउन समेत दिवश महत्वपूर्ण रहेको पतञ्जली योग समितिले जनाएको छ । पशुपति क्षेत्रमा पनि सांस्कृतिक कार्यक्रम सहितको पाँच दिने बृहत् योग शिविर आयोजना गरिएको छ । ५ दिनको अवधीमा नेपाल र भारतका प्रसिद्ध योगगुरुहरुले सामुहिक योगाभ्यास गराउने छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि राजधानीको धुम्बाराहीमा सामुहिक योग कार्यक्रम आयोजना गरेको छ । गत बर्षको अक्टोबर १० मा राष्ट्रसंघीय साधारणसभामा भारतको प्रसतावमागि अधिकांश सदस्य राष्ट्रले सहमति जनाएपछि राष्ट्रसंघले जुन २१ लाई योग दिवस घोषणा गरेको हो ।
अन्तर्राष्ट्रिय संगीत दिवसको अवसरमा काठमाडौंको राष्ट्रिय नाचघरमा एउटा विशेष कार्यक्रम आयोजना गरिएको छ । नेपाल सांगीतिक संघले आयोजना गरेको कार्यक्रममा विभिन्न प्रकारका सांगीतिक गतिविधिहरु आयोजना गरिएका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...