आज मनाइयो दुई दिवस

काठमाडौं— आज जून २१ । आज नेपाल लगायत विश्वभरी नै दुई भिन्न दिवस मनाइएका छन् । आज एकातिर अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ भने अर्कोतिर विश्व संगीत दिवस समेत मनाइएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा गत वर्षदेखि जुन २१ का दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । विश्वमा शान्ति एकता र सद्भावका कायम गर्नका लागि योग दिवसको आयोजना गरिएको राष्ट्रसंघले जनाएको छ ।
दिवसको अवसरमा काठमाडौंस्थित नारायणहीटी संग्राहलयको दक्षिणी क्षेत्रमा आयोजित विशेष कार्यक्रमको विहान ८ बजे प्रधानमन्त्री केप ओलीले उद्घाटन गर्नु भयो । नेपाललाई विश्वसामु अध्यात्म र योग भूमिको रुपमा चिनाउन समेत दिवश महत्वपूर्ण रहेको पतञ्जली योग समितिले जनाएको छ । पशुपति क्षेत्रमा पनि सांस्कृतिक कार्यक्रम सहितको पाँच दिने बृहत् योग शिविर आयोजना गरिएको छ । ५ दिनको अवधीमा नेपाल र भारतका प्रसिद्ध योगगुरुहरुले सामुहिक योगाभ्यास गराउने छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि राजधानीको धुम्बाराहीमा सामुहिक योग कार्यक्रम आयोजना गरेको छ । गत बर्षको अक्टोबर १० मा राष्ट्रसंघीय साधारणसभामा भारतको प्रसतावमागि अधिकांश सदस्य राष्ट्रले सहमति जनाएपछि राष्ट्रसंघले जुन २१ लाई योग दिवस घोषणा गरेको हो ।
अन्तर्राष्ट्रिय संगीत दिवसको अवसरमा काठमाडौंको राष्ट्रिय नाचघरमा एउटा विशेष कार्यक्रम आयोजना गरिएको छ । नेपाल सांगीतिक संघले आयोजना गरेको कार्यक्रममा विभिन्न प्रकारका सांगीतिक गतिविधिहरु आयोजना गरिएका छन् ।

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

शैक्षिक परामर्श क्षेत्रमा अब्बल परिचय बनाएर अष्ट्रेलिया पढ्न आउने बिधार्थी र माइग्रेट...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...