काबुलबाट शव बोकेर उड्यो विमान

-- ?>

Nepal-Airlines-A320-Final

काठमाडौं— अफगानिस्तानको काबुलमा आत्मघाती आक्रमणमा मारिएका १२ नेपालीको शव आज बुधवार नेपाल ल्याइदैछ । शव लिनका लागि आज बिहान काठमाडौंबाट त्यसतर्फ उडेको विमान अहिले काबुलबाट काठमाडौंका लागि उडिसकेको छ ।
विशेष विमानबाट ल्याइने शव लिन प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिएका छन् । गत सोमबार अफगानिस्तानको काबुलमा आतंकवादी हमलामा मारिएका १२ नेपालीसहित २४ जना कामदारलाई लिएर राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको चार्टर विमान काबुलबाट काठमाडौंका लागि उडेको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालका अनुसार उक्त विशेष विमान करिब ३ बजे तिर काठमाडौंमा अवतरण गर्नेछ ।